विद्युत अपडेट

  • प्राधिकरण : ७६५० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८४०० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४७६ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : ९४६७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६३२ मे.वा.घन्टा
  • ऊर्जा माग : ४९१५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५३८ मे.वा.
२०८३ मङ्सिर १२, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा प्रस्तावित ४०० केभी क्षमताको पश्चिम सेती–न्यू अत्तरिया (दैजी) विद्युत् प्रसारण लाइन आयोजना निर्माण प्रक्रिया अघि बढेको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले करिब ६४ किलोमिटर लामो उक्त प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्न अनुमति पत्र माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बडाएको हो । 

विभागले जारी गरेको सूचना अनुसार प्रस्तावित प्रसारण लाइन डोटी जिल्लाको शिखर नगरपालिका–१०, वनलेकमा निर्माण प्रस्ताव गरिएको पश्चिम सेती सबस्टेसनबाट सुरु भई डडेल्धुरा र कैलाली हुँदै कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–२ मा प्रस्तावित न्यू अत्तरिया (दैजी) सबस्टेसनसम्म पुग्नेछ ।

आयोजनाअन्तर्गत डोटीको शिखर नगरपालिका, जोरायल गाउँपालिका, डडेल्धुराको परशुराम नगरपालिका, आलीताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका तथा कञ्चनपुरको बेदकोट नगरपालिकाका विभिन्न क्षेत्रमा प्रसारण लाइन निर्माण गरिनेछ । यसबाट सुदूरपश्चिम प्रदेशका तीन जिल्लालाई समेट्ने गरी विद्युत् प्रसारण संरचना विस्तार हुनेछ ।

प्रस्तावित प्रसारण लाइनको लम्बाइ करिब ६४ किलोमिटर हुनेछ । यसमा १५७ वटा टावर निर्माण गरिनेछ । टावरको अधिकतम उचाइ ५१.४३ मिटर रहनेछ भने टावरहरूबीचको दूरी न्यूनतम १४९.०२३ मिटरदेखि अधिकतम ३३९.०८६ मिटरसम्म हुने सूचनामा उल्लेख छ । उक्त प्रसारण लाइनबाट १ हजार ५०० मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिनेछ ।

आयोजना निर्माणका लागि कुल ३१२.३५ हेक्टर जग्गा आवश्यक पर्नेछ । यसमध्ये टावर तथा सबस्टेसन क्षेत्रका लागि १९.१७ हेक्टर जग्गा उपयोग हुनेछ । त्यसैगरी विद्युत् मार्गाधिकार (राइट अफ वे) अन्तर्गत २९२.०८ हेक्टर र शिविर तथा भण्डारण क्षेत्रका लागि ०.३ हेक्टर जग्गा आवश्यक पर्ने जनाइएको छ ।

प्रसारण लाइनको विद्युत् मार्गाधिकार न्यूनतम दूरी कायम गरी निर्धारण गरिनेछ । आयोजनाको निर्माण कार्य २.५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजना निर्माण तथा सञ्चालनबाट वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने देखिए पहिलो पटक सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लिखित राय तथा प्रतिक्रिया पेस गर्न विभागले सरोकारवाला समक्ष आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३