विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जगदम्बा ईन्टरप्राइजेजले अध्याधुनिक ल्यान्डल रिफाइनिङ फरन्यान्स (एलआरएफ) प्रविधिमार्फत नेपालमै पहिलो पटक प्राइम बिलेट उत्पादन गरेको छ । भूकम्प प्रतिरोधी डन्डी बनाउन प्रयोग हुने प्राईम बिलेट नेपालमै पहिलोपटक जगदम्बाले उत्पादनमा ल्याएको हो ।

भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा एपई ५००डी गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको छ ।  एपई ५००डी डण्डी भूकम्प प्रतिरोधात्मक हुन्छ । यस्तो डण्डी केवल प्राईम बिलेटबाट मात्र बन्दछ । जगदम्बाले जगशक्ति गोल्ड ब्राण्डमा एपई ५००डी डण्डीको उत्पादन एवं बिक्री वितरण गर्दै आएको छ ।

विरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको चोर्नीमा रहेको जगदम्बाले जि.आई.पाईप, व्ल्याक पाईप, त्यूबुलार र पोल, हाईमाष्ट पोल, फेव्रिकेशन तथा अन्य विभिन्न किसिमका फलामजन्य वस्तुहरूको उत्पादन गर्दै आएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण प्राप्त यो उद्योग नेपाल विद्युत प्राधिकरणको सबैभन्दा ठुलो ग्राहक र नेपालको अग्रणी फलामजन्य उद्योगको रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit