काठमाडौंँ । युनिट्स इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिले निर्माणाधीन तथा निर्माणको तयारीमा रहेको आयोजनामा खटाउने गरी १९ इन्जिनियरको माग गरेको छ । कम्पनीले रिक्त पदपूर्तिका लागि जलविद्युत क्षेत्रमा बढी कार्यअनुभव भएको इन्जिनियरको माग गरेको हो ।
कम्पनीले रेसिडेन्ट इन्जिनियर ४ जना, सिनियर सिभिल इन्जिनियर २ जना, सिभिल इन्जिनियर ५ जना, मेकानिकल इन्जिनियर ३ जना र जुनियर इन्जिनियर ५ जनाको माग गरेको जनाएको छ । कम्पनीका अनुसार इन्जिनियरहरूले हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि ३ देखि ७ वर्षसम्मको अनुभव भएको हुनुपर्नेछ ।
इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्रमा आवेदन दिइसक्नु पर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनु पर्नेछ ।