काठमाडौं । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी प्रतिक्षा शर्मालाई दिइएको छ । कम्पनीको पुस २२ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार उक्त जिम्मेवारी शर्मालाई दिइएको हो ।
कम्पनीको हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत उत्सव बरालको करार बमोजिमको कार्यकाल पुस मसान्तमा सकिने भएकोले अर्को व्यवस्था नभएसम्मका लागि शर्मालाई उक्त जिम्मेवारी दिएको हो ।
कम्पनीले धादिङमा ८.४ मेगावाटको आँखु खोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको छ । आयोजनाले २०७० भदौ ८ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।
थप जानकारीका लागि