विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले दुई महिनामा ७ पटकसम्म इन्धनको मूल्य समायोजन गरेको छ । एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएको हुँदा नेपालमा यसको असर परेको हो ।

कोरोना (कोभिड–१९) महामारीको समयमा केही सस्तिएको इन्धनको मूल्य रसिया–युक्रेन युद्धका कारण भारत तथा नेपालमा यसको गहिरो परेको छ । यता निगमले बैशाख ३१ गतेदेखि हालसम्म ७ पटक मूल्य समायोजन गरेको छ; जसमा पेट्रोलियम (पेट्रोल, डिजेल, मटितेल) को मूल्य ५ पटक बढेको छ भने २ पटक मूल्य घटेको छ ।

भारतीय आयल कर्पोरेशन (आइओसी) सँग इन्धन खरिद गर्दै आएको निगमले यो अवधिमा पेट्रोल प्रतिलिटर २१ रुपैयाँ र डिजेल÷मटितेल प्रतिलिटर २९ रुपैयाँसम्म महँगो बनाएको छ । बैशाख ३१ गतेसम्म प्रतिलिटर १६० रुपैयाँ रहेको पेट्रोल बढेर अहिले १८१ रुपैयाँ पुगेको छ । यस्तै, सोही अवधिमा प्रतिलिटर १४३ रुपैयाँ रहेको डिजेल÷मटितेल बढेर १७२ रुपैयाँ पुगेको सकेको छ ।

निगमले पुनः पछिल्लो पटक असार २० गते (सोमबार) १२ बजेदेखि लागु हुने गरी मूल्य समायोजन गरेको छ । जसमा पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल÷मटितेल प्रतिलिटर ९ रुपैयाँका दरले बढाएको छ । हवाई इन्धन पनि आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ; अब, हवाई इन्धनको आन्तरिक मूल्य १९० रुपैयाँ लिटर कायम भएको छ । एलपी ग्यासको मूल्य भने अहिले प्रतिसिलिण्डर १८०० रुपैयाँ छ ।

इन्धनको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिदबापत भुक्तानी गर्न नसकेको बक्यौता रकम बढेर आगामी असार २४ गतेसम्म करिब ३० अर्ब रुपैयाँ पुग्ने भएकोले आर्थिक संकटलाई व्यवस्थापन गर्न मूल्य बढाएको निगमले जनाएको छ । निगमले बैशाख ३१ गते राति बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मटितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर पेट्रोल प्रतिलिटर १७० र डिजेल र मटितेल प्रतिलिटर १५३ रुपैयाँ पुर्याएको थियो ।

यस्तै, जेठ २० गते पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घटाएको थियो । पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मटितेलको प्रतिलिटर १५३  रुपैयाँ कायम भएको थियो । फेरि जेठ २६ गते राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र  डिजेल र मटितेल १२ रूपैयाँका दरले बढाएको थियो । पुनः असार ६ गते प्रतिलिटर पेट्रोल २० र  डिजेल र मटितेल २६ रुपैयाँका दरले बढाएको थियो ।

निगमले लगातार मूल्य वृद्धि गरेको भन्दै निर्माण व्यवसायी तथा सरोकारवाला निकायले विकासको काम रोक्ने, आन्दोलन गर्ने जस्ता चेतावनीहरू दिएपछि असार ११ गते राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । अहिले फेरि घाटा बढिरहेको भन्दै मूल्यवृद्धि गरिएको छ ।

विदेशी मुद्रा (अमेरिकी डलर) खर्च गरी महँगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युतलगायत स्वदेशी ऊर्जाको खपत बढाउनुपर्ने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताउँदै आएका छन् । निगमले २०७८÷७९ को १० महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ, यो भनेको गत वर्ष सोही अवधिको तुलनामा १ खर्ब रुपैयाँ बढी हो ।

निगमले बढेको इन्धनको मूल्य उपभोक्ताबाट असुल्ने हुँदा यसको ठूलो मार सर्वसाधारणमा परेको छ । सार्वजनिक यातायातका साधन तथा हवाई यातायातको भाडा महँगिएको छ भने डिजेलको प्रयोग हुने विकास निर्माणका कामको लागत समेत बढ्दै निर्माण व्यवसायीहरूले बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit