विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले निशेधाज्ञा अवधिभर खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिन बिक्री वितरण गर्न सुरु गरेको छ । साल्ट ट्रेडिङले सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०७८/७९ को बजेटमा दिएको छुटको घोषणा कार्यान्यन गर्न खाना पकाउने ग्यासमा सहुलियत दिन सुरु गरेको हो ।

२० प्रतिशत छुटपछि खाना पकाउने ग्यास प्रतिसिलिण्डर ११ सय २० रुपैयाँमा बिक्री गर्न सुरु गरिएको साल्ट ट्रेडिङले जनाएको छ । खाना पकाउने ग्यासमा छुटको सुविधा अहिलेलाई काठमाडौं उपत्यकाभित्र मात्रै लागु भएको छ । छुट मूल्यमा ग्यास लिन ग्राहकले सोधभर्ना गर्ने सिलिन्डर पनि साल्ट ट्रेडिङ ब्राण्डको नै हुनुपर्नेछ ।

अर्थमन्त्री विष्णु पौडेलले एक साताअघि बजेट सार्वजनिक गर्दै खाना पकाउने एपपी ग्यासमा निशेधाज्ञा अवधिभर २० प्रतिशत छुट दिने घोषणा गरेका थिए । यो सुविधा नेपाल आयल निगमले आयात गरी बिक्री वितरण गर्ने खाना पकाउने ग्यासमा भने उपलब्ध छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit