विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा निर्माण गर्न लागिएको ९९.५ मेगावाटको तामाकोसी–५ जलविद्युत आयोजना निर्माण गर्न दुई चिनियाँ कम्पनी सर्ट लिस्टेड (प्रारम्भिक छनोट) भएका छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेडको रूपमा याे आयोजना निर्माण हुनेछ ।

प्रवर्द्धक माथिल्लो तामाकोसी जलविद्युत कम्पनीले २०७९ साउन ९ (जुलाई २५, २०२२) गते आयोजना निर्माण गर्न इच्छुक विदेशी कम्पनीका लागि प्रस्ताव आह्वान गरेकाेमा सिनो हाइड्रो कर्पोरेशन लिमिटेड र चाइना गेजुवा ग्रुप कर्पोरेशन छनोट भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले बताए ।

सिनो हाइड्रोले माथिल्लो तामाकोसीको सिभिलतर्फको काम र गेजुबाले ६० मेगावाटको माथिल्लाे त्रिशूली ३ ‘ए’ आयोजनाको सिभिल संरचना निर्माणको काम गरेको थियो । ‘आयोजनाको काम आगामी ४ वर्षभित्र सम्पन्न गर्ने गरी दुई निर्माण कम्पनी सर्ट लिस्टेडमा परेका छन्’, उनले भने, ‘यी कम्पनीहरूले अब वित्तीय प्रस्ताव गर्नेछन्, सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का पाउनेछ ।’

कम्पनीका अनुसार आयोजनाको काम आर्थिक वर्ष २०८०/८१ देखि सुरु हुनेछ । आयोजनामा ८ किलोमिटर लामो सुरुङ, विद्युतगृह, २ किलोटिर लामो २२० केभी प्रसारण लाइन लगायत संरचनाहरू निर्माण हुनेछन् ।

करिब १८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कर्मचारी सञ्चय कोषले ७० प्रतिशत अर्थात् १३ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सहमति जनाइसकेकाे छ । बाँकी स्वपुँजी तथा सर्वसाधारणबाट लगानी हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३