विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठकाडौँ । भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणालीको संरचना विस्तार गरी यो गाउँमा विद्युत् पहुँच पुर्‍याएको हो ।

वर्षौंदेखि अन्धकारमा रहेको गाउँमा विद्युत् पहुँच पुग्दा आँफु र आफ्नो परिवार हर्षित भएको स्थानीय रामबहादुर राईले बताए । ‘हामी गाउँले वैकल्पिक ऊर्जाको स्रोतको उज्यालोमा निर्भर थियौं,’ उनले भने, ‘अहिले प्राधिकरणको प्रणालीको विद्युत गाउँमा पुग्दा गाउँले सबै लाभान्वित भएका छौं ।’

विद्युत प्राधिकरणको भोजपुर वितरण केन्द्रको गाउँमा विद्युत पहुँच पुर्‍याउन हतुवागढी घोडेटार फ्युज सेवाले वडा नं ८ को पात्लेपानी, विद्यापोखरी, रोक्ताङ हुँदै बारीगाउँसम्म ११ केभी वितरण लाइन निर्माण गरेको छ । विद्युत्को पहुँच पुगेसँगै त्यहाँका ६९ घरधुरी अहिले झिलिमिली भएका छन् ।

मट्टितेलको टुकी बालेर जीवन बिताउन बाध्य गाउँलेको गाउँमा बिजुली आउँला भन्ने सपना अहिले आएर पूरा भएको वडाध्यक्ष प्रेम थापाले बताए । ‘दुर्गम गाउँपालिकाका धेरै वडाका जनता अँध्यारोमा बस्न बाध्य हुनुहुन्छ, तर अहिले गाउँमा पनि बिजुली पुग्न थालेकामा यहाँका जनतामा खुसी छाएको छ,’ उनले भने ।

जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् प्राधिकरण र ठेकेदारमार्फत विद्युतीकरणको काम भइरहेको भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताए । ‘जिल्लाभित्रका नौवटै स्थानीय तहमा विद्युत्को पहुँच पुर्‍याउन प्राधिकरणले काम गरिरहेको छ’, उनले भने ।

स्थानीय उत्पादनमा रहेको सिक्तेल खोला लघु जलविद्युत् आयोजनाबाट भोजपुर सदरमुकाम र आसपासका करिब १ हजार ४०० घर परिवारमा मात्र विद्युत् सेवा पुगेकामा २०६७ कात्तिक महिनाबाट प्राधिकरणले भोजपुरमा वितरण केन्द्र स्थापना गरेपछि विद्युतीकरणको काम सुरु भएको थियो । भोजपुरमा हाल निजी लगानीमा निर्माण सम्पन्न भएका २ वटा जलविद्युत आयोजना सञ्चालनमा छन् ।

भोजपुरमा हाल ८५ प्रतिशत विद्युतीकरण भइसकेको छ । जिल्लाको उत्तरमा रहेको साल्पासिलिछो र दक्षिणमा रहेको आमचोक गाउँपालिका क्षेत्रमा विद्युतीकरणको काम बाँकी रहेको छ । विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार जिल्लामा अहिलेसम्म २४ हजार बढी घरधुरीमा विद्युत पहुँच पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३