विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एसियाली विकास बै‌क (एडिबी) ले नेपाल सरकारसँग ऊर्जा क्षेत्रमा ५० वर्षभन्दा लामो साझेदारी मनाउन एक फोटो प्रदर्शनीको आयोजना गरेको छ । एडिबी र नेपाल सरकारबीच ऊर्जा क्षेत्रमा साझेदारी मुलुकको विकास र ऊर्जा क्षेत्रको रूपान्तरणमा अघि बढाउन फलदायी भएको विश्लेषण गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, मन्त्रालयका सचिव सुरेश आचार्य, एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वा तथा अन्य सरकारी उच्च पदाधिकारीले उक्त प्रदर्शनीको मंगलबार संयुक्तरूपमा उद्‍घाटन गरे ।कार्यक्रममा राज्यमन्त्री तामाङले नेपालको ऊर्जा विकासमा एडिबीको सहयोग महत्त्वपूर्ण रहेको तथा यसले देशको अर्थतन्त्र सुधारमा ठूलो भूमिका खेलेको बताए । यस्तै, सचिव आचार्यले एडिबीसँगको यस खालको सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा समृद्ध नेपाल निर्माणको लक्ष्यमा पुग्न सकिने चर्चा गरे 

सोही क्रममा एडिबीका निर्देशक कोश्वाले नेपालको ऊर्जा रूपान्तरणमा मुख्य साझेदारको भूमिका निर्वाह गर्न पाउँदा गौरव महसुस भएको बताए । 'नेपाल सरकार र अन्य विकास साझेदारसँग हाम्रो सहकार्यले विद्युतीकरण तथा देशभर नेपालीहरूको जीवनस्तर उकास्नेतर्फ उल्लेख्य प्रगति हासिल गरेको छ,' उनले भने ।

एडिबी र नेपालबीच सन् १९७२ मा प्रसारण लाइन परियोजनामा लगानीमार्फत साझेदारी सुरु भएको हो । त्यसयता, विकास साझेदारहरूसँगको सहकार्यमा एडिबीले मुलुकमा जलविद्युत उत्पादन, आधाजति प्रसारणलाइन र एक तिहाइभन्दा धेरै ३३ केभीका वितरण सबस्टेशनहरू विकासमा सहयोग प्रदान गरेको छ । नेपालले अहिलेसम्मकै धेरै स्वच्छ ऊर्जा उत्पादन गरी बढ्दो ऊर्जाको माग पूर्ति, ऊर्जा सुरक्षामा सुधार र बचत भएको ऊर्जा निर्यातका लागि आधारशीला निर्माण गरिरहेको छ ।

५० वर्षभन्दा लामो साझेदारीमा एडिबीले नेपालको ऊर्जा क्षेत्रमा धेरै पक्षमा अग्रणी बनेको छ । नेपालको पहिलो सार्वजनिक निजी साझेदारीमा निर्मित सबैभन्दा ठूलो जलविद्युत परियोजना ६० मेगावाटको खिम्ती ऊर्जा क्षेत्रमा एडिबीको सहयोगको कोशेढुंगा मानिएको छ भने १४४ मेगावाटको कालीगण्डकी “ए”ले ऊर्जा उत्पादन वृद्धिमा निर्णायक भूमिका खेलेको कोश्वाको भनाइ थियो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल पनि एडिबीको सहयोगबाट नेपालको ऊर्जा क्षेत्रले क्रमिक सुधारको मार्ग प्रशस्त गरेको बताएका थिए । अहिले एडिबीको सहयोग विद्यमान प्राथमिकता १४० मेगावाट तनहुँ जलाशय परियोजनाका साथै सौर्य फोटोभोल्टीक प्रणाली, ग्रामीण लघुग्रीड लगायत नवीकरणीय ऊर्जाको विविधिकरण र  सबैमा स्वच्छ ऊर्जाको पहुँच सुनिश्चत गर्नेतर्फ केन्द्रित छ । उसले विद्युत प्राधिकरणको सञ्‍चालन कार्यसम्पादन तथा कुशलता अभिवृद्धिजस्ता सुधारमा पनि सहयोग प्रदान गरेको छ ।

'एडिबीले नेपालमा ऊर्जा क्षेत्रको थप सुदृढीकरण तथा स्वच्छ ऊर्जातर्फको संक्रमणलाई प्रवर्द्धन, जलवायु अनुकुलन, दिगो व्यावसायिक ढाँचा विकासमार्फत निजी क्षेत्रमा लगानी सहितको लगानी विविधताका लागि नेपाल सरकारलाई निरन्तर सहयोग गर्नेछ,' कोश्वाले भने ।फोटो पत्रकार क्लबसँगको सहकार्यमा आयोजित विशेष फोटो प्रदर्शनी डिसेम्बर ३ देखि ९ सम्म काठमाडौँस्थित नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) र डिसेम्बर १२ देखि १८ सम्म जनकपुरमा सञ्‍चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३