विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ऋणपत्र (बन्ड) मार्फत २० अर्ब रुपैयाँ जुटाएर जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । यसका लागि मन्त्रिपरिषद्ले प्राधिकरणलाई स्वीकृति दिएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई यस्तो स्वीकृति दिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए । 

जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक लगानी जुटाउन प्राधिकरणले बन्ड जारी गर्ने प्रस्ताव सरकारसमक्ष अघि बढाएको थियो । यसअघि प्राधिकरणका कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यले बन्डमार्फत लगानी जुटाउने प्रस्ताव अघि बढाएका थिए । उनले अघि बढाएको प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै मन्त्रिपरिषद्‌मा पेस भएको थियो । उक्त प्रस्तावलाई नै हालको मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

ऋणपत्रमार्फत जुटाएको लगानी प्राधिकरणले १०६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुर सेती, ९९‍.५ मेगावाटको माथिल्लो तामाकोसी, १८ मेगावाटको मोदीलगायतका जलविद्युत् आयोजनामा लगानी गर्ने बताउँदै आएको छ ।  

प्राधिकरणले लगानीका लागि सरकार, विदेशी दातृ निकाय, विकास साझेदार तथा बैंकबाट ऋण लिएर लगानी जुटाउँदै आएकोमा अब ऋणपत्रमार्फत लगानी जुटाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३