विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले पूर्वको मेवा खोलामा निर्माण गर्ने २३ मेगावाटको मेवा खोला जलविद्युत आयोजनाका लागि लगानी व्यवस्थापन भएको छ । आयोजनामा लक्ष्मी बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक र हिमालयन बैंक लिमिटेडले लगानी गर्ने टुंगो लागेको छ ।

मंगलबार (असार १९ गते) प्रवद्र्धक कम्पनी र लगानीकर्ता बैंकहरूबीच सम्झौता भएको छ । लगानी सम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष किरण मल्ल र अगुवा लक्ष्मी बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमित भट्टराईले हस्ताक्षर गरेका छन् । यसअघि, नबिल बैंकका पुष्कर भट्टराई र हिमालयन बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर कार्यक्रममा कम्पनीका अध्यक्ष मल्लले समय र बजेटभित्र आयोजनाको काम पूरा गरेर विद्युत उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिकूल परिस्थितिमा पनि जलविद्युतमा लगानी गर्न बैंकहरू पछि नपरेको उनको भनाइ थियो ।

करिब ४ अर्ब ७० करोड रुपैयाँ लागन अनुमान गरिएको आयोजनामा ३ अर्ब ५२ करोड रुपैयाँ बैंकहरूमार्फत र १ अर्ब १८ करोड रुपैयाँ सेयरधनीहरू मार्फत लगानी हुनेछ । ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्पपुँजी लगानी रहने आयोजनामा अगुवा लक्ष्मी बैंकले १ अर्ब ५२ करोड, नबिल र हिमालयन बैंकले १–१ अर्ब रुपैयाँ लगानी गर्नेछन् । विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट वार्षिक १३६.७९ गिगावाट घन्टा (१३ करोड ६७ लाख ९० हजार युनिट) विद्युत उत्पादन भई पहिलो वर्ष करिब ८१ करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जानकारी दिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि करिब ५ किलोमिटर दूरीसम्म १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत निर्माणाधीन १३२÷२२० केभी सबस्टेसनमा जोडिनेछ । कोसी प्रदेश ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिका–५ स्थित खेस्तेम्बे बाँध निर्माण गरी १५३६ मिटर पेनस्टक पाइपमार्फत सोही गाउँपालिकाको छेरेक्मामा निर्माण हुने सतही विद्युतगृहमा खसालिनेछ ।

अहिलेसम्म आयोजना निर्माणस्थलसम्म निर्माण गर्नुपर्ने १३ किलोमिटर पहुँचमार्ग मध्ये ११.५ किलोमिटर सम्पन्न भइसकेको हेडवक्र्स र विद्युतगृहमा आवास निर्माण भइसकेको कम्पनीले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणसँग भएको पिपिए अनुसार २०८२ पुस १४ गतेका विद्युत उत्पादन गर्नुपर्ने समय तोकिएको छ ।

कम्पनीका अनुसार ८९३ मिटर ग्रस हेट रहेको आयोजनाको डिजाइन डिस्चार्ज ३.१५ क्यूसेक रहेको छ । कम्पनीको सञ्चालकहरूमा अध्यक्ष मल्ल सहित वृन्दावनमान प्रधानाङ्ग, विकेश प्रधानाङ्ग र अविज्ञा मल्ल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit