विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ ब‌ैशाख ३१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेड र चिनियाँ कम्पनीहरूको स्वामित्व रहेको हिमताल हाइड्रो पावर कम्पनीलाई माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र प्रदान गरिएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आइतबार (कात्तिक ६ गते) कम्पनीका प्रतिनिधिका रूपमा प्रतीकमान सिंह प्रधानलाई अनुमतिपत्र दिएका हुन् ।

बोर्ड र कम्पनीबीच गत भदौ १५ गते समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । तोकिएको समयभित्र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) पेश गर्ने सर्तका आधारमा अनुमतिपत्र प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृत भट्टले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यो आयोजना आंशिक जलाशय (पिकिङ) आयोजना हो । मनाङ र लमजुङ जिल्लालाई छुने आयोजनाको क्याचमेन्ट क्षेत्र २२६८ वर्गकिलोमिटर रहेको छ भने बाँध ताल गाउँबाट २ किलोमिटर माथिल्लो क्षेत्रमा निर्माण गर्ने गरी पहिचान गरिएको छ ।

वार्षिक १९३४ गिगावाट घन्टा विद्युत उत्पादन हुने आयोजनाको लागत ६४ करोड ७१ लाख अमेरिकी डलर अनुमान गरिएको छ । यसअघि निर्माणको अनुमतिपत्र लिइसकेको भारतीय जिएमआर इनर्जी कम्पनीले चिनियाँ कम्पनीलाई सेयर बेचेको थियो । तत्कालीन समयमा बिक्री प्रक्रिया निकै विवादित बनेको थियो ।

भारतीय कम्पनीले सेयर बेच्दा सरकारलाई ६८ करोड रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको त्यतिबेला अर्थ मन्त्राललयले प्रस्ट्याएको थियो । बिपिसीले चिनियाँ कम्पनीसँग सहकार्य गरेर २०७५ साल बैशाख २१ गते भारतीय जिएमआर समूहअन्तर्गतको हिमताल हाइड्रो पावर कम्पनीको सेयर किन्ने निर्णय गरेको थियो ।

आयोजना निर्माण गर्न बिपिसी, एससिआइजी इन्टरनेशनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनी तथा साझेदार ३ चिनियाँ कम्पनी र हिमतालबीच सम्झौता भएको छ । बिपिसीसँग चीनका एससिआइजी इन्टरनेशनल लिमिटेड, सिङ्चेन्द इन्टरनेशनल इन्भेष्टमेन्ट र क्यूवाइसी इन्टरनेशनलले सहकार्य गरेका छन् । आयोजना निर्माण गर्ने कम्पनीमा बिपिसीको १९.४ प्रतिशत र बाँकी चिनियाँ कम्पनीको हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit