विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जुम्लाको तातोपानी गाउँपालिकामा विद्युत सेवा विस्तार गरेको छ । प्राधिकरणले गाउँपालिकाको वडा नम्बर ७ र ८ मा पहिलोपटक राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुर्याएको हो । 

ग्रामीण भेगमा पर्ने भेरी खोलाको सबैभन्दा दुर्गम मानिने वडा नम्बर ७ र ८ मा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्र प्रमुख नरदेशदत्त रावलले बताए । ‘लामो समयदेखि अन्धकारमा रहेको भेरीखोला बस्ती राष्ट्रिय विद्युत प्रसारण लाइनसँग जोडिएको छ’, उनले भने, ‘केही उद्योग गर्न चाहनेलाई पनि विद्युतको समस्याले हैरानी बनाएको थियो, अब सहज हुने भयाे ।’

सदरमुकाम र आसपासका गाउँलाई विद्युत सेवा उपलब्ध गराउँदै आएको प्राधिकरणले पछिल्लो समयमा जिल्लाका ग्रामीण गाउँका वस्तीमा समेत बिजुली सेवा विस्तार गरेको केन्द्रले जनाएको छ । गत वर्षको असोज महिनाको अन्तिम साता परेको अविरल वर्षाले प्रभावित भेरीखोलामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि यहाँका स्थानीयवासीलाई राहत भएको वडाअध्यक्ष तिलक रावतले बताए ।

गाउँमा बिजुली बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज गर्न, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्न र अन्य विद्युतीय काम गर्न समेत सहज भएकाे स्थानीवासीले बताएका छन् । वर्षौंदेखि टुकी र सोलार बालेर दैनिकी चलाउँदै आएका नागरिकको प्रत्येक घरमा अहिले बिजुली बलेपछि हर्षित भएका हुन् ।

गाउँमा राष्ट्रिय प्रसारण लाइन आएपछि उद्योग र कम्प्युटर कक्षा सञ्चालन गर्न सहज भएको केन्द्रले जनाकारी दिएको छ । अहिले जिल्लाको सदरमुकाम खलङ्गालगायत ग्रामीण गाउँ वस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit