विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत कार्यरत ३ जना सचिवहरूको  जिम्मेवारी हेरफेर गरिएको छ । यसअघि मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पदबाट राजीनामा दिएपछि रिक्त पद पूर्ति तथा व्यवस्थापन गर्न जिम्मेवारी साटफेर गरिएको हो । 

मन्त्रालय अन्तर्गत २ सचिव (ऊर्जा र जलस्रोत तथा सिँचाइ) रहने व्यवस्था अनुसार घिमिरेले राजिनामा दिएपछि त्यस ठाँउमा सिँचाइमा कार्यरत गोपालप्रसाद सिग्देललाई जिम्मेवारी तोकिएको छ । यस्तै, जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव सुशीलचन्द्र तिवारीलाई सिँचाइको जिम्मेवारी तोकिएको मन्त्रालयले जानकारी दिएको छ । 

यसैगरी, भर्खरै सचिवमा बढुवा भएकी सरिता दवाडीलाई तिवारीको ठाँउमा पदस्थापन गरिएको छ । उनी यसअघि मन्त्रालय अन्तर्गत जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशकमा कार्यरत थिइन् । उनले जलस्रोत तथा सिँचाइ विभागको करिब १० महिना महानिर्देशकको जिम्मेवारी पनि सम्हालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit