विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । लगानीकर्ताको उजुरीपछि नेप्सेले लामो समयदेखि वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै दोस्रो बजारमा कम्पनीको कारोबार रोक्का गरेको हो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ ‘१’ क मा भएको व्यवस्था बमोजिम कम्पनीले वित्तीय विवरण पेस नगरेकोले सेयर कारोबार रोक्का गरेको जनाएको छ । धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनिमय १६ ‘१’ घ मा भएको व्यवस्था बमोजिम जेठ २० गते (बिहीबार) देखि कम्पनीको कारोबार रोक्का गरिएको छ ।

खानीखोलाले २०७६ पुस यता कुनै वित्तीय विवरण सार्वजनिक गरेको छैन । उसले २०७६ सालमा सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नेटवर्थ ७ रुपैयाँ ऋणात्मक थियो । त्यसयता अहिलेसम्म  लगातारको घाटाका कारण कम्पनीको नेटवर्थ ५० रुपैयाँ बढी ऋणत्मक भइसकेकाले कारोबार रोक्न माग गर्दै लगानीकर्ता केशब कोइराला ‘काका’ ले नेप्सेमा उजुरी दिएका थिए ।

खानी खोलाले ४.३६ मेगावाटको टुंगुन/ठोस्ने र २ मेगावाटको खानी खोलाबाट विद्युत उत्पादन गरिरहेको छ । प्रसारण लाइन समस्याले लामो समय पूर्ण क्षमतामा चल्न नपाउँदा खानीखोला घाटामा गएको हो । प्रसारण लाइन समस्याकै कारण खानीखोलाले विद्युत बिक्रीबाट हुने ४० करोड रुपैयाँ बराबरको आम्दानी गुमाएको थियो । यही कारण पनि उसको वित्तीय विवरण ऋणात्मक देखिन पुगेको हो । अहिले कम्पनीले सञ्चालन गरेको जलविद्युतगृह पूर्ण क्षमतामा चल्न थालिसकेको छ ।

खानीखोलासँगै घलेम्दी, जोशी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर कारोबार पनि रोक्का गर्न उजुरी परेको थियो । तर, खानीखोलाबाहेकका अन्य कम्पनीको कारोबार भने रोकिएको छैन । कोइरालाले चलखेल गरी नियमितरूपमा वित्तीय विवरण सार्वजनिक नगर्ने घाटामा गएका कम्पनीको सेयरको मूल्य बढाएर सोझा लगानीकर्तालाई फसाउन खोजिएको भन्दै आवाज उठाउँदै आएका छन् ।

 

याे पनि पढ्नुहाेस

जलविद्युतमा माफियागिरी, १७ कम्पनीले आजसम्म न लाभांश दिए न बोनस सेयर

जलविद्युत् कम्पनीले बदमासी गरेपछि लगानीकर्ता धितोपत्रमा, कम्पनीको कारोबार रोक्न उजुरी

जलविद्युत् सेयरमा माफियागिरी, लगानीकर्ता होशियार !

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit