विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रभावित स्थानीयले चिरख्वा हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कमम्पनीले स्थानीयका लागि साउन २८ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लगेको हो ।  

जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको सय रुपैयाँ अंकित ४ लाख कित्ता सेयर प्रभावित क्षेत्र भोजपुर जिल्ला, साविक नेपालेडाँडा, कुदाककाउले, खार्तम्छा गाविस हाल परिवर्तित षडानन्द नगरपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ स्थायी रुपमा बसोकास गर्ने स्थानीय बासिन्दाको लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रभावित स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकत्तम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।  

स्थानीय बासिन्दाले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न आरबिबि मर्चेन्ट बैकिङग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit