विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपर मादी हाइड्रो पावर कम्पनीले साढे ३१ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कास्कीको मादी खोलामा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी खोला जलविद्युत आयोजनाको स्थानीय बासिन्दा र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित ३१ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएकाे छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्ती गरेको छ ।

बिक्री प्रबन्धक नियुक्तीपछि अब सेयर निष्कासनकाे अनुमतिका लागि नेपाल धिताेपत्र बाेर्डमा आवेदन दिने प्रक्रिया सुरु गरिने कम्पनीले जनाएकाे छ । पहिलाे चरणमा आयाेजना प्रभावित क्षेत्रका स्थानीका लागि सेयर निष्कासन हुनेछ । स्थानीकाे सेयर निष्कासन गरी बाँडफाँड सकिएपछि दाेस्राे चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरिने भएकाे छ ।

कम्पनीले  निर्माण गरिरहेकाे आयाेजना ६५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाबाट २०७८ साल पुसभित्र विद्युत उत्पादन गर्ने सुरु गर्ने लक्ष्य छ । उत्पादित विद्युत २२ किलोमिटर दुरीमा रहेको लेखनाथ सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit