विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले विद्युत नियमन आयोबाट हकप्रद सेयर निष्कासनको लागि पूर्व स्वीकृति पाएको छ । आयोगले जेठ १८ गते (बिहीबार) हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिएको हो ।

कम्पनीले २० मेगावाटकाे आँखुखोला-२ जलविद्युत आयाेजनामा लगानी गर्नका लागि २०८० बैशाख २८ गते हकप्रद सेयर निष्कासन अनुमति माग गर्दै आयाेगमा आवेदन दिएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँ बराबरको १ः२ को अनुपातकाे सेयर निष्कासन गर्न अनुमति माग गरेकाे थियाे तर, आयाेगले  उक्त निर्णयलाइ अस्विकार गरी १ः१.५ को अनुपातमा मात्र सेयर निष्कासन अनुमति प्रदान गरेकाे छ ।

हकप्रद सेयर निष्कासन पश्चात प्राप्त भएकाे रकम गणेश हिमाल हाइड्रो पावर प्रालिले निर्माण गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपूँजीकाे ६० प्रतिशत लगानी गर्ने कम्पनीले जनाएकाे छ ।

आँखुखाेला-२ नदीको प्रहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजना हो । यसको डिजाइन बहाव २७.७३ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ९१ मिटर हुनेछ । आयोजनाबाट वार्षिक सरदर १२२.१६ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको मुख्य संरचनाहरू आँखु खोलाको दायाँ किनारामा रहनेगरी डिजाइन तयार पारिएको छ । आँखुखोलामा बाँध बाधी खोलाको दायाँपट्टि निर्माण हुने इन्टेक पाइपबाट पानीलाई आयोजनाको मुख्य संरचनाहरू हुँदै विद्युत गृहमा लगिनेछ ।

विद्युतगृह नजिकै स्वीचयार्ड निर्माण गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत ११ केभी प्रसारण लाइन मार्फत ५ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणका प्रस्तावित लपाङ सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । आयोजनबाट २०८३ चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले धादिङमा ८.४० मेगावाटको आँखुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७० भदौ ८ गतेदेखि व्यावसायिक बिजुली उत्पादन गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३