काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले झापा इनर्जी लिमिटेडलाई आइपिओ (प्रारम्भिक सार्वजनिक निष्काशन) जारी गर्न स्वीकृति दिएको छ । बोर्डले मंगलबार (असार ३१ गते) कम्पनीलाई आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि आइपिओ जारी गर्न स्वीकृति दिएको हो ।
बोर्डले कम्पनीको जारी पुँजीको २५ प्रतिशतले हुन आउने ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँबराबर १०० रुपैयाँ अंकित दरका ९ लाख ५० हजार ४७५ कित्ता सेयर आयोजना प्रभावित तथा सर्वसाधारणका लागि निष्काशन गर्न स्वीकृति दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले झापाको शिवसताक्षी–४ स्थितमा १० मेगावाटको सौर्य विद्युत् केन्द्र निर्माण गरी २०८० सालदेखि व्यावसायिक विद्युत् उत्पादन गर्दै आएको छ ।