विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागलुङ जिल्लाको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले दुई जलविद्युत आयोजना निर्माण गर्न हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३.४५ मेगावाटको सिंकोस खाला र ०.७५ मेगावाटको तल्लो ठेउले खोला जलविद्युत (क्यासकेड) आयोजना निर्माण गर्न सेयर निष्कासन गर्न लागेकाे हाे । 

कम्पनीकाे ५१ प्रतिशत सेयर रहेकाे सिंकाेस खाेला र कम्पनीकाे स्वामित्व रहने तल्लो ठेउले खोलाकाे निर्माणका लागि हाल कायम चुक्त पूँजीको १ः१ को अनुपातका हकप्रद सेयर निष्कासन गर्न लागेकाे कम्पनीले जनाएकाे छ । कम्पनीले उक्त सेयर निष्कासन गर्न विद्युत नियमन आयोगमा पूर्वस्वीकृतीका लागि प्रस्ताव पेश गर्ने निर्णय गरेकाे छ ।

आयोगबाट स्वीकृत भएपछि नेपाल धिताेपत्र बाेर्डमा आवेदन दिनेछ । बाेर्डले अनुमति दिएपछि हकप्रद सेयर निष्कासन गरी बाँडफाँड हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३