विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दशैं अवधिभर ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना अवलाेकनमा राेक लगाइने भएकाे छ । सार्वजनिक विदाकाे समयमा भ्रमणमा आउनेहरूका लागि आयोजनाको विद्युतगृहकाे अवलाेकनमा राेक लगाइने भएकाे हाे ।

आगामी असाेज  २६ गते (मंगलबार) देखि ३० गते (शनिबार) सम्म विद्युतगृह प्रवेश निषेध गर्ने निर्णय भएकाे आयोजनाका बरिष्ठ प्रशासन अधिकृत मित्रमणि पोखरेलले बताए । उनका अनुसार विद्युतगृहमा काम गर्ने कर्मचारी र कार्यालयको काम विशेष बाहेकका अन्यलाई प्रवेश निषेध गरिनेछ ।

‘सार्वजनिक विदाको अवधिभर व्यक्तिगत सुरक्षाको संवेदनशिलतालाई मध्यनजर गर्दै प्रवेश निषेध गर्न लागेका हाैं,’ उनले ऊर्जा खबरसँग भने, ‘यो अवधिमा कर्मचारी पनि कम हुने र अवलोकनकर्तालाई घुमाउने फुर्सद नहुने भएकाले बन्द गर्ने निर्णय भएकाे हाे।’ आइतबारदेखि भने प्रवेश खुल्ला गरिने उनले बताए ।

दोलखाकाे तामाकाेसी नदीमा निर्माण भएकाे आयोजनाले गत भदाैबाट व्यापारिक विद्युत उत्पादन गरिरहेकाे छ । गत असार २१ गते पहिलो युनिट सञ्चालनमा आएको थियो ।  दोस्रो युनिटअसार २९ गते प्रणालीमा जोडिएको थियो । बाँकी, ३ सय ४ मेगावाट विद्युत साउन महिनामा जोडिएको हो ।

आयोजनाको विद्युत गोंगरस्थित विद्युतगृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन पुर्याइएको छ । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००/२२० केभी सबस्टेसनमा पुर्याएको छ ।

देशकै ठूला यस आयोजनाको परिक्षण उत्पादन सफल भएपछि गत भदौ २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । यो स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो ।

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ । यो आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit