विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लगानी बोर्डले ५९७.२ मेगावाटका ४ विद्युत् आयोजनाका लागि ९९ अर्ब १८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औँ बैठकले सो लगानी स्वीकृत गरेको हो । 

बैठकले स्वीकृत गरेका मध्ये सिंगापुरको रिजेन इनर्जीले काेहलपुर तथा बाणग‌ंगामा निर्माण गर्न प्रस्ताव गरेको २५० मेगावाटको सौर्य विद्युत् परियोजनाका लागि २१ अर्ब १० करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । विदेशी लगानीकै १३९.२ मेगावाटको लोवर मनाङ मर्स्याङ्दीमा ३३ अर्ब ४१ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । 

लोवर मनाङ मर्स्याङदीमा बुटवल पावर कम्पनीसहित सिचुवान प्रोभिन्सियल इन्भेष्टमेन्ट ग्रुप, छेन्दु सिनचेङ इन्भेष्टमेन्ट ग्रुप र कुइङ युआन इन्जिनियरिङ कन्सल्टेन्सी गरी ३ चिनियाँ कम्पनीको लगानी छ । यो आयोजनामा चिनियाँ कम्पनीको ८० प्रतिशत सेयर स्वामित्व छ । यो अर्ध–जलाशय आयोजना गण्डकीको अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्दछ । 

बैठकले काेहलपुर तथा वाणगंगामा निर्माण गरिने २५० मेगावाटकाे साेलार परियाेजना र ३२७ मेगावाटकाे अपर मर्स्याङ्दी–२ जलविद्युत् परियाेजनाकाे विकास सम्झाैता (पिडिए) का लागि विकासकर्तासँग वार्ता गर्न लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टकाे अध्यक्षतामा वार्ता समिति गठन गरेकाे छ ।

त्यस्तै बैठकले १६६ मेगावाटको सुपर तमोर आयोजनाका लागि ३४ अर्ब ५९ करोड रुपैयाँ र ४२ मेगावाटको अप्पर मोदी ‘ए’ का लागि १० अर्ब ८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । 

बैठकले चिनियाँ लगानीकै हुवासिन नारायणी सिमेन्ट परियाेजनामा थप ६ अर्ब ६३ करोड रुपैयाँ लगानीप्रस्तावबारे अध्ययन गरी १५ दिनभित्र प्रस्ताव पेश गर्न बाेर्डका सहसचिवकाे संयाेजकत्वमा एक कार्यदलसमेत गठन गरेकाे छ । 

बैठकले दाङ सिमेन्ट परियाेजनाकाे स्वीकृत सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) अनुसार लगानी रक फिर्ता लैजान स्वीकृति दिने निर्णय गरेकाे छ । 

त्यस्तै, बाेर्ड बैठकले तमाेर जलाशय आयाेजनाकाे अध्ययन गर्न गठित समिति र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियाेजनाकाे खाका एवम् परयाेजना विकास तथा लगानीकाे ढाँचासम्बन्धी अध्ययन गर्न गठित समितिकाे म्याद २०८१ असार मसान्तसम्म थप गर्ने निर्णय गरेकाे छ ।

बैठकले काठमाडाैँ उपत्यकाकाे एकीकृत फाेहरमैला व्यवस्थापन परयाेजना प्याकेज १ का लागि सम्बन्धित स्थानीय तहहरूसँग समझदारीका लागि समन्वय गर्न लगानी बाेर्डले नेपवेस्ट प्रालिसँग परियाेजना विकास सम्झाैता (पिडिए) का लागि प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएकाे छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit