विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुनसरीकाे धरान उप-महानगरपालिकामा फाेहाेरबाट बायाेग्यास उत्पादन सुरु भएकाे छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, उप-महानगर र भेञ्चर वेष्ट टु इनर्जी बीचकाे सहकार्यमा निर्माण भएकाे फोहोरबाट चल्ने देशकै ठूलाे  बयोग्यास प्लान्टबाट दैनिक १२५० किलाे ग्यास उत्पादन सुरु भएकाे हाे ।

बायाेग्यास प्लान्टकाे प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन गरेसँगै ग्यास उत्पादन सुरु भएकाे हाे । बायाेग्यास प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले उप-महानगरकाे फोहरबाट ऊर्जा उत्पादन गर्ने कार्य फोहर व्यवस्थापनको प्रभावकारी माध्यम बनेकाे बताए । बायाेग्यास प्लान्टबाट फोहर व्यवस्थापनको समस्या समाधानमा सघाउ पुग्ने भएकोले यस्ता परियोजना देशका अन्य सहरमा पनि निर्माण गर्नुपर्ने उनले बताए ।

बायाे ग्यास प्लान्टबाट दैनिक ३० टन फोहोर प्रशोधन गरी ग्यास तथा जैविक मलकाे उत्पादन सुरु भएकाे केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बताए ।अधिकारीका अनुसार बायाेग्यास प्लानटबाट ग्याससँगै दैनिक साढे ६ किलाे जैविक मल पनि उत्पादन भइरहेकाे छ । बायाेग्यास प्लान्टको काम २०७८ साउनमा नै सम्पन्न भएकाेमा मंगलबारबाट औपचारिकरूपमा सञ्चालनमा ल्याएको पनि उनले बताए ।

उप-महानगरभित्र उत्पादन हुने जैविक फोहर २० वर्षसम्म उपलब्ध गराउने धरान नगरप्रमुख तिलक राइले बताए । उनका अनुसार बायाेग्यास प्लान्टका लागि आवश्यक जग्गाको व्यवस्था लगानीकर्ता आफैंले गरेको हो ।

संकलित फोहरलाई धरान उप-महानगरको वडा नम्बर १३ स्थित पानमारामा कुहिने र नकुहिने गरी छुट्याइन्छ  । कुहिने फोहरलाई बायोग्यास प्लान्टमा पठाइन्छ । प्लान्टमा भारतबाट आयात गरेकाे प्रविधि जडान गरिएको भेञ्चर वेष्ट टु इनर्जीका अध्यक्ष जनेश श्रेष्ठले बताए । उनले बायाेग्यास प्लान्टबाट उत्पादित ग्यासबाट दैनिक ३ सय वटा ग्यास टेम्पो (अटो रिक्सा) सञ्चालन गर्न पुग्ने बताए।

कूल १७ करोड ५० लाखको लागतमा निर्माण भएको उक्त परियोजनामा केन्द्रको  अनुदान ४० प्रतिशत अर्थात्  ६ करोड ९० लाख  रूपैयाँ रहेको छ । बाँकी ६० प्रतिशत भेञ्चर वेष्ट टु इनर्जीले लगानी गरेको छ । बायाेग्यास प्लान्टबाट उत्पादन हुने ग्यास टेम्फाे सञ्चालनमा उपयाेग हुनेछ ।

सरकार र विश्व बैंकको सहयोगमा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम अन्तर्गत केन्द्र, उप-महानगर तथा भेञ्चर वेष्ट टु इनर्जीबीच भएको त्रिपक्षीय समझदारी बमोजिम बायाेग्यास प्लान्ट निर्माण भएको हाे । यही कार्यक्रम अन्तर्गत देशका कन्काई, दमक, इटहरी, घोराही, विरेन्द्रनगर, विरगञ्ज, धनगढी लगायतका सहरहरूमा पनि निर्माण भइरहेकाे केन्द्रले जनाएकाे छ । 

केन्द्रका अनुसार फाेहाेरबाट यस्ता बायाेग्यास प्लान्टका परियाेजना देशभरका २९३ वटै नगरपालिकामा निर्माण गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएकाे छ । सहरी क्षेत्र/नगरपालिकको फोहर व्यवस्थापन विश्वव्यापी रुपमै एक प्रमुख चुनौतिको रुपमा रहेको छ ।

फोहरबाट ऊर्जा उत्पादन नेपालको परिप्रक्ष्यमा अझै नयाँ अवधारणाको रुपमा रहेको छ । नेपालमा बायोग्याँसको प्रवर्द्धन तुलनात्मक रुपमा सफल तथा हरित व्यवसायको रुपमा स्थापित भएको छ ।

नगरपालिकाको फोहोर व्यवस्थापनको एउटैमात्र माध्यमको रुपमा हाल ल्याण्डफिल साइट लगेर फाल्ने प्रचलन छ । तर,यसरी फाेहोर व्यवस्थापन गर्दा वातावरणमा प्रतिकूल असर पर्ने तथा  विभिन्न सामाजिक समस्याहरूसँग झेल्नुपरिरहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit