विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अवीरल बर्षासँगैको बाढीले प्रसारण लाइनको टावर बगाएपछि ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको छ । विद्युत प्रवाह हुने १३२ केभी प्रसारण लाइनको ९ नम्बर टावर बाढीमा बगेकाले जलविद्युत केन्द्रको उत्पादन बन्द हुँदा विद्युत प्रणालीबाट बिच्छेद हुन पुगेको हो ।

बालुवा धेरै थुप्रिएर सुरुङबाट पानी पठाउन समस्या भएपछि रातिदेखि नै बन्द भएको विद्युतगृह प्रसारण लाइनको पोलमा क्षति पुगेपछि सञ्चालन गर्न नसकिएको केन्द्र प्रमुख शिवकुमार साहले बताए । ‘ट्रिपिङको समस्या आएकाले एउटा युनिट राति १.३० बजे नै बन्द गर्यौं,’ उनले ऊर्जा खबरसँग भने, ‘अर्को युनिट २.०७ बजे बन्द भयो । बिहान प्रसारण लाइनको टावर नै नदीमा बगेको भन्ने सुन्नमा आयो । अहिले विद्युतगृह पूर्णरूपमा बन्द छ ।’

उनले बाँधमा थुप्रिएको बालुका ‘फ्लसिङ’ गरे पनि विद्युतगृहदेखि मार्कीचोक हुँदै दमौली जाने डबल सर्किट प्रसारण लाइनको टावर बगाएकाले विद्युत प्रवाह हुने बाटो अवरुद्ध भएपछि उत्पादन बन्द गर्नुपरेको बताए । निरन्तरको वर्षापछि पहिरोले ढालेको प्रसारण लाइनको टावर बाढीमा बगेको हो ।

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको मर्मतका लागि प्राविधिक टोली खटाएको छ । क्षतिग्रस्त टावरको पुनर्निर्माण गरी प्रसारण लाइन सुचारु गराउन केन्द्रीय कार्यालय र पोखरा ग्रिड शाखाको टोली गएको प्राधिकरणले जनाएको छ ।

असार १ गते मर्स्याङ्दी नदीमा आएको भीषण बाढीका कारण विद्युतगृहमा बाढी पस्ने खतरा बढेकाले समेत जलविद्युत केन्द्रको उत्पादन बन्द हुन पुगेको थियो । चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत केन्द्रको उत्पादन पनि बन्द छ । गत असार १ गतेको बाढीले संरचनामा क्षति पुर्याउँदा बन्द भएको उत्पाद अझै सुचारु हुन नसकेको हो । 

लमजुङको विद्युत सेवा अवरुद्ध

बाढीले तनहुँको दमौली हुँदै लमजुङ आउने ३३ केभी लाइनको पोलमा क्षति पुर्याउँदा जिल्लाको विद्युत आपूर्ति बन्द भएको छ । ३३ केभी लाइनका ६ वटा पोल ढलेकाले जिल्लाभरको सेवा अवरुद्ध हुन पुगेको हो । क्षतिग्रस्त लाइनको मर्मत गरी आपूर्ति सुचारु गराउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit