विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १२, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

लमजुङ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ ङादीखोलामा निर्माणाधीन ४२.६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको म्याद सकिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन । आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अनुसार २ वर्षभित्र अर्थात् (२०८१ असारभित्र) विद्युत् उत्पादन शुरू गरिसक्नुपर्ने थियो । तर अझै करिब २० प्रतिशत निर्माण कार्य बाँकी रहेको छ ।

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि १ वर्ष म्याद थप गर्दै आगामी २०८२ असार महिनासम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाका प्रबन्धक निर्देशक दिनेश गुरुङले बताए । उनले निर्धारित समयमा काम सम्पन्न गर्ने गरी अघि बढेको उक्त आयोजना कोरोना महामारीका कारण सम्पन्न गर्न समय लागेको बताए ।

१ दिनमा हुने काम सात दिन लाग्ने, सामग्री ढुवानी गर्न समस्या, कामदार आउन समस्या, २२० केभी प्रसारण लाइनको ट्रान्समिसन लाईन सम्पन्न नभएका कारणले निर्माणमा ढिलाइ भएको प्रबन्धक निर्देशक गुरुङले बताए ।

आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । विद्युत् गृह निर्माणका लागि ३८७ मिटर सुरुङ मार्ग निर्माण गर्ने, भूमिगत विद्युत् गृह खन्ने, सुरुङका लागि २ वटा अडिट टनेलसहित ५०० मिटर खन्ने लगायतका काम सम्पन्न भइसकेका छन् । साथै बाँधसम्मको २२ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको प्रबन्धक निर्देशक गुरुङले बताए ।

आगामी असोज १ गते ८ किलोमिटरको सुरुङ पनि ब्रेक थ्रु हुने तयारीमा रहेको छ । पेनस्टक र विद्युत् गृहको काम अन्तिम चरणमा पुगेको छ । जी एण्ड जी इन्फ्र प्राइभेट लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनामा एनएमबी बैंकको अगुवाइमा ६ वटा वित्तीय संस्थाले ५ अर्ब २५ करोड रूपैयाँ ऋण लगानी गरेका छन् । प्रवर्द्धकको स्वपुँजी १ अर्ब ७५ करोड रूपैयाँ रहने छ । उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्द्धकको २५ प्रतिशत रहने आयोजनाले जनाएको छ ।

करिब ७ अर्ब रूपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । समयमै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रबन्ध निर्देशक गुरुङले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युत्‌लाई विद्युत् गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिने भएको छ । सबस्टेसनसम्मको प्रसारण लाइनमध्ये करिब ६ किलोमिटर आयोजनाले नै निर्माण गर्ने भएको छ । आयोजनाका अनुसार वर्षातको ६ महिना प्रतियुनिट ४‍.८० रुपैयाँ र ६ महिनाको हिउँदयाममा ८‍.४० पैसाको दरले विद्युत् खरिदबिक्री गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३