विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा स्थापना भएका अक्सिन उद्योगलाई उच्च प्राथमिकतामा राखेर विद्युत् प्रवाह गरेको छ । कोरोना महामारीका बेला देशभरका अस्पतालमा अक्सिजनको मात्रा कम रहेको अवस्थामा ती उद्योगको आपूर्तिमा विशेष ध्यान दिइएको हो ।

कोरोनाका कारण दिनहुँ विरामी थपिरहेको र अक्सिजन नपाएकै कारण कतिको मृत्युसमेत भइरहेको छ । यस्तो जटिल अवस्थामा अक्सिजन पहिलो आवश्यकता हो । यसैले यी उद्योगको विद्युत् आपूर्तिमा कुनै अवरोध वा ट्रिपिङ नहुने व्यवस्था मिलाएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

‘अक्सिजन उत्पादक उद्योगले निरन्तर काम गर्न सकून, उत्पादन बढोस् र त्यहाँ कुनै पनि खराबी नआओस् भनेर कर्मचारीलाई त्यही अनुसार ‘हाई अलर्ट’मा राखिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अक्सिजन नपाएकै कारण व्यक्तिको ज्यान जोखिममा पर्नु दुःखद हो । यही कारण पनि हामीले त्यस्ता उद्योगलाई अहिले बढी महत्त्व दिनुपर्छ । दिइरहेका छौं ।’

शाक्यका अनुसार अहिले दुहबी ग्रिडअन्तर्गत विद्युत् आपूर्ति लिने फिडरहरूमा कुनै पनि बेला आउन सक्ने खराबीलाई ध्यान दिँदै उच्च सतर्कता अपनाइएको छ । विराटनगर–१ मा ११ केभी फिडरबाट आपूर्ति हुने हिमाल अक्सिजन, विराटनगर–३ मा ३३ केभी फिडरबाट आपूर्ति हुने मारुती अक्सिजन उद्योगमा निरन्तर आपूर्ति व्यवस्था मिलाइएको छ ।

यसैगरी, तरहरा–१ मा ११ केभी फिडरबाट आपूर्ति हुने विनायक अक्सिजन, विराटनगर–२ मै ११ केभी फिडरबाट आपूर्ति हुने पाथिभरा अक्सिजन र पुरानो खनार ३३ केभी फिडरबाट आपूर्ति लिने दुर्गा अक्सिजनमा पनि विद्युत् आपूर्ति नियमित गरिएको छ । हावाहुरी तथा प्राविधिक कारणले हुने ट्रिपिङ वा अवरोध भए तुरुन्तै मर्मत गरी आपूर्ति सुचारु गर्ने गरिएको पनि शाक्यले बताए ।

ती उद्योगबाट उत्पादित अक्सिजन विराटनगर, वीरगन्ज, सिमरा, भैरहवा, काठमाडौं लगायत आपूर्ति हुने गरेको छ । देशमा फैलिएको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै ती उद्योगलाई उच्च प्राथमिकता दिनु प्राधिकरणको दायित्व रहेको पनि शाक्यको भनाइ छ । ‘यसैले हामीले उनीहरूलाई सहयोग गर्ने प्रयास गरिरहेका छौं, आपूर्ति विच्छेद नहोस् भनेर २४ सै घन्टा कर्मचारीलाई तैनाथ गरिएको छ,’ उनले भने ।

अहिले देशभरका अस्पतालहरूमा अक्सिजन नभएको तथा कम रहेको भन्ने छ । यही कारण कोही अस्पतालमै र कसैको अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको छ । यो विकराल अवस्थामा अक्सिजन उत्पादनलाई पहिलो प्राथमिकतामा राखी तिनलाई बिनाअवरोध विद्युत् प्रवाह गर्नुपर्ने प्राधिकरणको दायित्व हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit