विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत जडित क्षमता २ हजार मेगावाट नाघेको छ । विद्युत (जलविद्युत) उत्पादन सुरु भएको ११० वर्षमा प्रसारण प्रणालीमा यति विद्युत जोडिएको हो । 

विद्युत प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत आयोजनाले उत्पादन गरेको विद्युत जडित क्षमता अहिले २०३५ मेगावाट पुगेका तथ्यांकले देखाएको छ । पछिल्लो पटक स्वदेशी लगानीमा निजी क्षेत्रले रामेछापमा निर्माण सम्पन्न गरेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजनाबाट उत्पादन सुरु भएसँगै प्रणालीको विद्युत जडित क्षमता २ हजार मेगावाटबाट उकालो लागेको हो । 

यो आयोजना अहिले परीक्षण उत्पादनको चरणमा छ । परीक्षणको चरण पूरा भएपछि मात्रै आयोजनाले व्यापारिक उत्पादन सुरु गर्नेछ । लिखु–४ सहित निजी क्षेत्रका ११३ विद्युत आयोजनाको जडित क्षमता ९०८ मेगावाट पुगेको छ । 

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार निजी लगानीमा निर्माण भएका ११२ विद्युत आयोजनाले व्यापारिक उत्पादन गरिरहेका छन् । व्यापारिक विद्युत उत्पादान गरिरहेका निजी क्षेत्रका आयोजनाको जडित क्षमता ८५६ मेगावाट पुगेको छ । परीक्षणमा रहेको लिखु–४ समेत जोड्दा ९०८ मेगावाट पुग्छ ।

यस्तै, प्राधिकरणको स्वामित्वमा रहेका विद्युत आयोजनाको जडित क्षमता ६४९ मेगावाट छ । यो जडित क्षमता प्राधिकरणका ठूला तथा साना जलविद्युत आयोजना, सौर्य विद्युत र थर्मल प्लान्ट सहितको हो ।

प्राधिकरणका सहायक कम्पनीमार्फत निर्माण भई सञ्चालनमा आएका विद्युत आयोजनाको जडित क्षमता पनि ४७८ मेगावाट पुगेको छ । प्राधिकरणले सहायक कम्पनीमार्फ निर्माण सम्पन्न गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी र २२ मेगावाटको चिलिमे जलविद्युत आयोजना सञ्चालनमा छन् ।

चालू आर्थिक वर्षको साढे ४ महिनामा मात्रै करिब ५७२ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोडिएको छ । साउन यता ४५६ मेगावाटको माथिल्लो तामाकोसी सहित ५ विद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको प्राधिकरणले जनाएको छ । एउटा आयोजना परीक्षण उत्पादनको चरणमा छ ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष सुरु भएपछि २५ मेगावाटको सिँगटी, ४.९८ मेगावाटको रिचेत खोला, ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना, ९.५ मेगावाटको माइबेनी र २० मेगावाटको तल्लो मोदीले व्यापारिक उत्पादन सुरु गरेका छन् । 

प्राधिकरणले प्रसारण प्रणालीमा बढेको जडित क्षमताको अनुपातमा खपत बढाउन नसक्दा यो बर्ष बर्खा याममा विद्युत खेर गइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले रातको समयमा ५ सय मेगावाट र दिनको समयमा पनि २ सय मेगावाट विद्युत उपयोग हुन नसकेर खेर गइरहेको बताउँदै आएका छन् ।

विद्युत उत्पादनको अवस्थालाई हेरेर प्रसारण तथा वितरण प्रणालीको विकास नगरेका कारण बर्खामा विद्युत खेर जाने अवस्था आएको हो । बर्खा याममा यो वर्ष थोरै विद्युत बिहारतर्फ पठाउँदा समेत उत्पादन भएजति सबै विद्युत खपत हुन सकेन । 

एकातिर उद्योगले अहिलेसम्म मागे जति विद्युत पाउन सकेका छैनन् । अर्कोतिर अरबौंको विद्युत खेर गइरहेको छ । बर्खा याममा ठूलो परिमाणमा विद्युत खेर गइरहेको भए पनि हिउँदमा अझै पनि आयातमा निर्भर हुनुपर्ने बाध्यता प्राधिकरणलाई छ ।

प्राधिकरणले गत वर्ष हिउँदमा साढे ८ सय मेगावाटसम्म विद्युत भारतबाट आयात गरेर आपूर्ति व्यवस्थापन मिलाएकोमा यो वर्ष हिउँदमा आयातको ग्राफ अझै उकलो लाग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit