विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भारतबाट पर्याप्तमात्रामा विस्फोटक पदार्थको पैठारी नहुँदा निर्माणाधीन १२० जलविद्युत् आयोजनाको निर्माण प्रभावित भएको छ । विस्फोटक पदार्थको समस्या झेलिरहेका निजी जलविद्युत् प्रवर्द्धकहरूले यो विषय परराष्ट्रम मन्त्री आरजु राणा देउवासमक्ष पुर्‍याएका छन् । उनी यसबारे आफू गम्भीर रहको र समस्या समाधानको पहल गर्ने बताएकी छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पदाधिकारीसँग बिहीबार भएको भेटमा मन्त्री राणाले विस्फोटक पदार्थ पैठारीमा आफूले सहजीकरण गर्ने आश्वासन पनि दिएकी छन् । नेपालका लागि अहिले मासिक ४०० मेट्रिक टन विस्फोटक पदार्थ आवश्यक रहेको र यसैको अभावमा निर्माणाधीन १८३ आयोजनामध्ये १२० वटाले समस्या झेलिरहेको इपानले जानकारी गराएको थियो ।

भेटमा इपानका अध्यक्ष गणेश कार्कीले नेपालको कूल विद्युत् जडित क्षमता करिब ३३ सय मेगावाट पुग्दा यसको करिब ८० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको र निर्माणाधीन तथा अध्ययनमा रहेका आयोजनाम पनि ८० प्रतिशत निजी क्षेत्रकै आयोजना रहेको अवगत गराएका थिए ।

'साढे दुई दशकदेखि ऊर्जा उत्पादनमा सक्रिय इपानमा ५०० भन्दा धेरै विद्युत् उत्पादक कम्पनीहरू आवद्ध छन्, यस अवधिमा निजी क्षेत्रबाट मात्र हालसम्म २५ सय मेगावाट बराबरका १८६ आयोजना निर्माण सम्पन्न भैसकेका छन्,' कार्कीले भने, 'करिब ४ हजार मेगावाटका आयोजना निर्माणाधीन र त्यति नै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भएर वित्तिय व्यवस्थापनको पर्खाइमा छन् ।'

१० हजार मेगावाट बराबरका आयोजनाहरू अध्ययन सकेर पीपीएको पर्खाइमा रहेको पनि उनले मन्त्री राणालाई अवगत गराएका थिए । अहिलेकै गतिमा आयोजना बन्दै गएमा सरकारले राखेको १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा नहुने उनको भनाइ थियो ।

यसैगरी, इपानका उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपालमा विस्फोटक पदार्थ आयोजनाको नाममा नेपाल आइसकेपछि नेपाली सेनाकै रोहबरमा ओसारपसार, भण्डारण र उपयोग हुने बताए । हरेक आयोजनाले निर्माणस्थलमा आफ्नै खर्चमा आर्मी क्याम्प राखेर विस्फोटक पदार्थको भण्डारणदेखि उपयोगसम्म गरिरहेकाे उनको भनाइ थियाे ।

इपान कार्यसमिति सदस्य भरत पराजुलीले नेपालका लागि वर्षमा करिब ५ हजार मेट्रिक टन विस्फोटक पदार्थ आवश्यक पर्ने जानकारी गराएका थिए । याे समस्या समाधान गर्न आफूले शतप्रतिशत प्रयास गर्ने मन्त्री राणाले प्रतिबद्धता समेत जनाएकी छन् ।

भारतले पछिल्लो दुई वर्षदेखि अति कम मात्रामा मात्रै विस्फोटक पदार्थ आयातको अनुमति दिइरहेको छ । यसले गर्दा निजी क्षेत्रका मात्र नभई सरकारले निर्माण अघि बढाएका विभिन्न पूर्वाधार आयोजनासमेत प्रभावित भइरहेका छन् ।

नेपालमा निर्माण हुने जलविद्युत् लगायत पूर्वाधार आयोजनाको लागत बढ्नुमा सहज रूपमा विस्फोटक पदार्थ उपलब्ध नहुनु पनि एउटा प्रमुख कारणको रूपमा रहेको प्रवर्द्धकहरूले बताउँदै आएका छन् ।

इप्पानका उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपालमा बिस्फोटक पदार्थ आयोजनाको नाममा नेपाल आइसकेपछि नेपाली सेनाकै रोहबरमा ओसारपसार, भण्डारण र उपयोग हुने बताए । हरेक आयोजनाले निर्माणस्थलमा आफ्नै खर्चमा आर्मी क्याम्प राखेर विस्फोटक पदार्थको भण्डारणदेखि उपयोगसम्म सबै काम गरिरहेको उनको भनाइ थियो ।

भारतले पछिल्लो दुई वर्षदेखि अति कम मात्रामा मात्रै बिस्फोटक पदार्थ आयातको अनुमति दिइरहेको छ । यसले गर्दा निजी क्षेत्रका मात्र नभई सरकारले निर्माण अघि बढाएका विभिन्न पूर्वाधार आयोजनासमेत प्रभावित भइरहेका छन् ।

नेपालमा निर्माण हुने जलविद्युत् लगायतका पूर्वाधार आयोजनाको लागत बढ्नुमा सहज रुपमा बिस्फोटक पदार्थ उपलब्ध नहुनु पनि एउटा प्रमुख कारणको रुपमा रहेको आयोजनाका प्रवर्द्धकहरूले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३