विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लमजुङ जिल्लामा निर्माण सम्पन्न भएको ७.५ मेगावाटको मिदिम खोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । भुजुङ हाइड्रो पावर कम्पनीले निर्माण गरेको आयोजनाबाट फागुन १६ गतेदेखि विद्युत् उत्पादन सुरु भएको हो ।

उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिएको छ । प्रवर्द्धक कम्पनीले आयोजनाको स्वीचयार्डदेखि सबस्टेसनसम्मको २६ किलोमिटर ३३ केभी प्रसारण लाइन आफैँले निर्माण गरेको थियो । यद्यपि, आयोजनाबाट विद्युत्‌काे व्यापारिक उत्पादन भने सुरु गरिएको छैन ।

प्रवर्द्धकले हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण जडान गरी प्राधिकरणका प्राविधिकहरूको उपस्थितिमा गत पुस २४ देखि २८ गतेसम्म ‘ड्राई टेस्ट’ गरेको थियो । ‘ड्राइ टेष्ट’पश्चात् संरचनामा पानी भरेर ‘वेट टेष्ट’ गरिएको थियो । आयोजनाको बाँधबाट ३.७३५ किलोमिटर लामो पेनस्टक पाइपमार्फत ल्याइएको पानी विद्युत्‌गृहमा खसाली बिजुली उत्पादन गरिएको छ । जसबाट वार्षिक ४२.२५ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

विद्युत् विकास विभागबाट २०७६ भदौ २६ गते उत्पादन अनुमतिपत्र पाएको आयोजनाको निर्माण २०७७ सालदेखि सुरु भएको थियो । जसबाट २०७८ सालभित्र विद्युत् उत्पादन गर्नुपर्ने तालिका तोकिएको थियो तर कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण कार्य प्रभावित हुँदा विद्युत् उत्पादन अवधि १ वर्ष धकेलिएको थियो ।

नयाँ तालिका अनुसार आयोजनाको सबै काम पुरा गरी २०७९ साउनभित्र विद्युत् उत्पादन गर्ने योजना थियो तर सोचेअनुरुपको काम नभएपछि पुनः समय लम्बिएको थियो । बाढीले सडक बगाउँदा भन्सारमा रहेको उपकरण आयोजनास्थलमा पुर्‍याउन नसकिएकोले पनि उत्पादन तालिका प्रभावित हुँदै आएको कम्पनीको भनाइ छ ।

१ अर्ब ४४ करोड रुपैयाँ लागत अुनमान गरिएको आयोजनामा कुमारी बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी, २५ प्रतिशत स्वँपूजी लगानी छ ।

आयोजनाबाट विद्युत् उत्पादन भएसँगै यसको सञ्चालन, मर्मत, सम्भार लगायतको जिम्मेवारी भने जेड इन्फ्रा प्रालिलाई दिने निर्णय भएको छ । प्रवर्द्धक कम्पनी र जेड इन्फ्राबीच ५ वर्षसम्म सञ्चालन तथा मर्मत सम्भार गर्ने सम्झौता भएको कम्पनीले जानकारी दिएको छ ।

प्रवर्द्धकले जलविद्युत् आयोजना निर्माणपछि सञ्चालन र मर्मत सम्भारको जिम्मेवारी अर्को कम्पनीलाई करारमा दिने यो नयाँ प्रणालीको सुरुवात हो । यसबाट, लक्षित परिमाणमा विद्युत् उत्पादन गर्न करार लिने निकायले चुस्तताका साथ हेरचाह गर्छ । जसका कारण आयोजनाको आयु लम्बिन सक्छ । यसअघि पनि जेड इन्फ्राले सिन्धुपाल्चोकमा सञ्चालनमा रहेको ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’को एक वर्षसम्म सञ्चालन तथा मर्मत सम्भारको जिम्मेवारी लिएको थियो ।

थप विवरण

आयोजनास्थलः लमजुङ, क्वालासोथार गाउँपालिका
पेनस्टक पाइपः ३७३५ मिटर
टवाईनः होरिजेन्टल पेल्टन
युनिटः २
ग्रस हेडः ४५७ मिटर
नेट हेडः ४३६.२२ मिटर
उपकरण प्रदायकः टोटल प्लान्ट इन्जिनियरिङ सोलुसन प्रालि (टिपिइएस)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit