विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माण सम्पन्न १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको आन्तरिक परीक्षण भइरहेको छ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण सम्पन्न गरेको आयोजनाको ‘ड्राई टेष्ट’ भइरहेको हो । 

आयोजनाको बाँध, सुरुङमार्ग, विद्युतगृह सबैको काम पुरा गरी उपकरण समेत जडान गरेर आन्तरिक परीक्षण सुरु गरेको आयोजना प्रमुख सुदन सिंह महत्तले बताए । ‘अहिले आन्तरिक परीक्षणको काम भइरहेको छ’ उनले ऊर्जा खबरसँग भने, साउन अन्तिमसम्ममा आन्तरिक परीक्षणको सबै काम पुरा गरी उत्पादन परीक्षण सुरु गरिनेछ ।’ 

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आएर परीक्षण पुरा गरेपश्चात उत्पादन परीक्षण सुरु हुने कम्पनीले जनाएको छ । उत्पादन परीक्षण सुरु गरेपछि दुई साता प्राधिकरणलाई निशुल्क विद्युत दिइनेछ र तत्पश्चात व्यापारिक उत्पादन सुरु गरिनेछ । 

२०६९ मंसिर १० गते ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसले गर्दा चिनियाँ भन्सार नाकाबाट उपकरण आयातमा अवरोध भई आयात हुन ढिला हुँदा उत्पादन ढिला भएको कम्पनीले जनाकारी दिएको छ ।

यही कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन पनि अन्तिम चरणमा पुगेको छ । यस आयोजनाको सबै काम पुरा गरी आगामी पुसदेखि उत्पानदन थाल्ने कम्पनीले जनाएको छ ।  

कम्पनीले यस आयोजनाको काम पनि २०७० सालदेखि सुरु गरेको थियो । निर्माण पूरा भएपछि उत्पादित विद्युत २ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको चिलिमे हब–सबस्टेसनमा जोडिनेछ । सबस्टेसन सम्मको आवश्यक प्रसारण लाइनको काम भने पुरा भइसकेको छ ।

आयोजना निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो, तर निर्माणमा ढिलाइ, डलरको मूल्यवृद्धि र मुद्रास्फीति र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्न सक्ने सम्भावन रहेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३