विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाको परीक्षण माघ १८ गतेदेखि सुरु हुने भएको छ । शिवश्री हाइड्रो पावर कम्पनीले सिन्धुपाल्चोकको चाकु खोलामा निर्माण गरेको आयोजनाको परीक्षण अबकाे १२ दिनपछि सुरु हुन लागेको हो । 

माघ १६ गतेदेखि आयोजनाको संरचनामा पानी भरिने र १८ गतेदेखि परीक्षण सुरु गरिने कम्पनीका अध्यक्ष उमेश कसजुले बताए । उनका अनुसार अहिले आयोजनाको उपकरण परीक्षण (ड्राइ टेष्ट) भइरहेको छ ।

‘आयोजनाको सबै संरचना तयार भइसकेका छन्,’उनले ऊर्जा खबरसँग भने, ‘अब पानी भरेर परीक्षण गर्ने तयारी गरिरहेका छौं । पानी भरेर गरिने संरचनाको परीक्षण सफल भएपछि विद्युत उत्पादन सुरु हुनेछ ।’ 

उनले १५ दिनको परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन सुरु हुने बताए । परीक्षण उत्पादन सुरु भएपछि नेपाल विद्युत प्राधिकरणले १५ दिनसम्म आयोजनाबाट निशुल्क विद्युत पाउने छ । 

डेढ वर्षअघि चाकु खोलामा आएको भीषण बाढीले विद्युतगृहमा जडान भएका इलेक्ट्रोमेकानिकल उपकरण बगाउँदा आयोजनाबाट  लक्ष्यअनुसार विद्युत उत्पादन हुन सकेकाे थिएन ।

बाढीले बगाएका उपकरणहरूको स्थानमा फेरि नयाँ आयात गरेर जडान गर्नु परेकाले विद्युत उत्पादन सुरु गर्न समय लागेको कम्पनीले जनाएको छ । खोलाको बाढीले बगाउँदा  आयोजनामा कार्यरत २ जना कामदारको ज्यानसमेत गएको थियो । 

आयोजनाबाट उत्पादन हुने विद्युत लामोसँघु सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्म आवश्यक २२ किलो मिटर प्रसारण लाइन कम्पनीले निर्माण गरेको छ । 

२०६९ बाट निर्माण सुरु भएको आयोजना २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र बर्खामा आउने बाढीका कारण पटक–पटक प्रभावित हुँदै बल्ल विद्युत उत्पादनको चरणमा पुगेको कम्पनीले जनाएका छ ।

आयोजनामा सिटिजन्स इन्टरनेशनल बैंकको अगुवाईमा ११ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । सुरुमा ४ अर्ब ३ करोड रुपैयाँमा आयोजना सम्पन्न हुने अनुमान गरिए पनि पटक–पटकको प्राकृतिक प्रकोपको मारमा परेका कारण लागत केही बढ्ने देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit