विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्ष सकिन लाग्दा १२३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । २०७७ साउनदेखि २०७८ असार दोस्रो सातासम्ममा निर्माण सम्पन्न भएका १ दर्जन विद्युत आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

यो वर्ष विद्युत उत्पादन सुरु गरी प्रसारण प्रणालीमा जोडिने ३ सौर्य विद्युत आयोजना छन् । यी सौर्य विद्युत आयोजनाको जडित क्षमता साढे २२ मेगावाट छ । ४ मेगावाटको चन्द्रनिगाहपुर, १० मेगावाटको मिथिला र साढे ८ मेगावाटको बुटवल सौर्य विद्युत आयोजनाले चालू वर्षमा उत्पादन सुरु गरेका हुन् ।

मिथिला र बुटवल सौर्य विद्युत आयोजनाले व्यापारिक उत्पादन गरिरहेका छन् भने चन्द्रनिगाहपुर परीक्षण उत्पादनको चरणमा छ । एउटा चिनी उद्योगले पनि ३ मेगावाट विद्युत प्रणालीमा जोडेको छ । इभरेष्ट सुगर एन्ड केमिकल इन्डस्ष्ट्रिले उखुको खोस्टा (बगास) बाट विद्युत उत्पादन गरी प्रसारण प्रणालीमा जोडेको हो ।

यी बाहेक प्रसारण प्रणालीमा जोडिएका सबै निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजना छन् । यो वर्ष निजी क्षेत्रले निर्माण पूरा गरेको अहिलेसम्मको सबैभन्दा ठूलो मिस्ट्री खोला जलविद्युत आयोजनाले उत्पादन सुरु गरेको छ । यो आयोजनाले अहिले परीक्षण उत्पादन गरिरहेको छ । व्यापारिक उत्पादन सुरु हुन बाँकी छ ।

यस्तै, २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ पनि चालू आर्थिक वर्षमै प्रसारण प्रणालीमा जोडिएको हो । भूकम्प, नाकाबन्दी, बाढी र पहिरोको प्रकोप झेल्दै निर्माण पूरा भई यो आयोजना प्रणालीमा थपिएको हो । आयोजनाले व्यापारिक उत्पादन गरिरहेको छ ।

८ मेगावाटको टक्सार पिखुवा, ४.५ मेगावाटको विजयपुर–२, ५ मेगावाटको घट्टे खोला, ३ मेगावाटको रावाखोला, १२ मेगावाटको नामार्जुन मादी र १ मेगावाटको हाँडीखोला जलविद्युत आयोजना पनि चालू आर्थिक वर्षमा नै प्रसारण प्रणालीमा जोडिएका हुन् ।

तामाकोसीको १५२ मेगावाट थपिने

बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले असारभित्र १५२ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप्दैछ । असारभित्र तामाकोसीका २ वटा युनिटको उत्पादन प्रणालीमा थप्ने तयारी भइरहेको छ ।

पहिलो युनिटको ७६ मेगावाट आगामी आइतबारदेखि प्रणालीमा जोड्न अहिले परीक्षण चलिरहेको छ । दोस्रो युनिटको ७६ मेगावाट पनि असारभित्र प्रणालीमा जोड्ने तयारी हुँदैछ । दोस्रो युनिटको उत्पादन सुरु भएको २ /२ साताको फरकमा बाँकी ४ वटा युनिटबाट पनि उत्पादन सुरु गरिने भएको छ ।

सरकारले चालू आर्थिक वर्षमा १३ सय मेगावाट विद्युत प्रसारण प्रणालीमा थप्ने घोषणा बजेटमार्फत गरेको थियो ।  नेपाल विद्युत प्राधिकरणले पनि ८२५ मेगावाट हाराहारीका आयोजनाको विद्युत प्रणालीमा थपिने प्रक्षेपण गरेको थियो ।

असार अन्त्यसम्ममा माथिल्लो तामाकोसीको १५२ मेगावाट उत्पादन थपिँदा समेत विद्युत प्राधिकरणको प्रक्षेपण पूरा नहुने देखिएको छ । कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण प्रभावित हुँदा यो वर्ष उत्पादन सुरु गर्ने तालिका भएका आयोजना धकेलिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit