विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङ र गोरखाको सीमामा निर्माणाधीन ८.६ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजनाको काम ८० प्रतिशत पूरा भएको छ । निर्माण सुरु भएको १४ महिनामा आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाका सबै संरचनाको निर्माण एकसाथ अघि बढेको प्रवर्द्धक आशुतोष इनर्जी कम्पनीका अध्यक्ष मोहनबिक्रम कार्कीले बताए । उनका अनुसार बाँध क्षेत्रको ९८ निर्माण सम्पन्न भएकाे छ ।

‘आयोजनाको३ हजार ४ सय ५५ मिटर लामो पाइप लाइनमा १७ सय ५५ मिटर पाइप बिछ्याउने काम सकिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बाँकी, १७ सय मिटर पाइप बिच्छ्याउने काम  सम्पन्न गर्न अब २ महिना लाग्छ ।’ उनले आयोजनाको विद्युतगृहको भौतिक संरचना तयार भइसकेको बताए ।

विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु गर्ने तयारी भइरहेको छ । आयोजनाको विद्युतगृहमा अष्ट्रियास्थित ग्लोबल हाइड्रो कम्पनीले उत्पादन गरेकाे इलेक्ट्रोमेकानिकल उपकरण जडान हुन लागेकाे कार्कीले जानकारी दिए । उपकरण जडानको काम पनि २ महिनाभित्र पूरा गर्ने लक्ष्य छ ।

कोरोना (कोभिड–१९) महामारीकाबीच पनि बिना अवरोध निर्माण जारी राखिएकाले १४ महिनामै आयोजनाको काम अन्तिम चरणमा पुर्याइएको उनले बताए । २०७७ कात्तिकदेखि आयोजना स्थलमा संरचना निर्माणकाे काम सुरु गरिएको थियो  ।

सुरुकाे तालिकाअनुसार याे आयोजनाबाट आगामी (२०७८) माघ ९ गतेदेखि विद्युत उत्पादन थाल्नु पर्ने हाे । तर, सरकारले कोभिड–१९ महामारीका कारण निर्माण प्रभावित भएका आयोजनाको १ वर्ष म्याद थपकाे सुविधा पाएकाेमा याे आयोजनाले पनि ४ महिनाकाे समय थप गरेकाे छ ।

विद्युत उत्पादनका लागि सुरुकाे लक्ष्यभन्दा ४ महिना समय थप गरे पनि त्याेभन्दा अगाडि नै प्रणालीा जाेड्ने गरी काम गरिरहेकाे कम्पनीले जनाएकाे छ । थपिएकाे समय अनुसार २०७९ असार ९ गतेभित्र आयोजनाबाट उत्पादन सुरु गर्ने पर्नेमा अब २०७८ चैतभित्र नै आयोजना सञ्चालनमा ल्याइने कार्कीले बताए ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । विद्युगृहदेखि सबस्टेसनसम्म आवश्यक पर्ने २१ किलोमिटर प्रसारण लाइन कम्पनीले निर्माण गरिरहेको छ । लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । लाइनको ५ सय मिटर तार तान्न मात्र बाँकी छ । ३३ केभी लाइनमा १ सय ८० वटा पोल छन् ।

आयोजना सम्पन्न गर्न १ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको ७५ प्रतिशत हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ एनएमबी बैंक एक्लैले लगानी गरेको छ ।

प्रतिमेगावाट लागतका हिसाबले यो आयोजना करिब १७ करोड ३८ लाख रुपैयाँमा पूरा गर्ने लक्ष्य छ । पछिल्लो समय वित्तीय व्यवस्थापन भएका मध्ये यो सम्भवतः सबैभन्दा सस्तो आयोजना हो । अहिले जलविद्युतको प्रतिमेगावाट लागत २० देखि २५ करोड रुपैयाँसम्म पुगिसकेको छ ।

सुपर माई, सुपर माई ‘ए’, सुपर माई क्यासकेडलगायत जलविद्युत आयोजनाको सफल निर्माण गरेको समूहले चेपे खोला पनि निर्माण गरिरहेको हो । यी ३ वटै आयोजना विद्युत प्राधिकरणले दिएको तालिकाभन्दा अगाडि नै सम्पन्न भई प्रसारण प्रणालीमा जोडिएका थिए । आयोजनाबाट वार्षिक ५१.५७ गिगावाट घन्टा (५ करोड १५ लाख ७० हजार युनिट) विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit