विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले बुढानिलकण्ठ सबस्टेसनको चुनिखेल फिडरको विद्युत लाइन काटेको छ । प्राधिकरणले बुढानिलकण्ठ–८ स्थित कागज कारखाना क्षेत्रमा सडक विस्तार भएको स्थानको हाई टेन्सन लाइन सार्न ९ घन्टाका लागि विद्युत लाइन काटिएको हो । 

बिहान ८ बजेदेखि फिडरको लाइन काटिएको छ । विद्युत लाइन काटिँदा उक्त फिडरबाट विद्युत वितरण हुने बुढानिलकण्ठ–८, ओमनगरलगायत स्थानको सेवा प्रभावित भएको छ । अवरुद्ध विद्युत सेवा साँझ ५ बजेबाट सुचारु हुने प्राधिकरणले जनाएको छ । 

यस्तै, प्राधिकरण पोखरा वितरण केन्द्रले हेर्ने फेवा फिडरको सेवा पनि अवरुद्ध भएको छ । यो फिडरको कृस्ति, दोपहरे, निर्मल पोखरी, भरत पोखरीलगायत स्थानमा बुस कटिङ गर्न विद्युत सेवा अवरुद्ध गरिएको हो ।

बिहान १० बजेबाट अवरुद्ध सेवा साँझ ५ बजेबाट सुचारु हुने वितरण केन्द्रले जनाएको छ । प्राधिकरणले लोडसेडिङ अन्त्यपछि वितरण लाइन सुधार, सबस्टेसनको मर्मत तथा स्तरोन्नतिलगायत कार्यका लागि ग्राहकलाई अग्रिम सूचना दिएर लाइन काट्ने गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit