विद्युत अपडेट

  • प्राधिकरण : ९९६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५९२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९१०१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६४३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४९८३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७७६ मे.वा.
२०८२ असार २२, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विद्युत प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्देश गरेका छन् । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपीजीसीएल) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर सागर श्रेष्ठको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले प्रसारण लाइन अभावका कारण जलविद्युत् आयोजना प्रभावित नहुने सुनिश्चित गर्न आग्रह गरे ।

‘कतिपय जलविद्युत् आयोजना सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर जाने अवस्था छ । अब यस्तो समस्या दोहोरिनु हुँदैन,’ मन्त्री खड्काले भने, ‘युवा हुनुहुन्छ, आम जनताको विश्वास र भरोसा कायम राख्दै जिम्मेवारी पूरा गर्नुहोस् ।’

सोमबार ऊर्जा मन्त्रालयमा सम्पन्न समारोहमा कम्पनीका अध्यक्ष तथा मन्त्रालयका सचिव सुरेश आचार्यले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । सञ्चालक समितिको निर्णयअनुसार सात जना प्रतिस्पर्धीमध्ये अन्तिम छनोट प्रक्रियाबाट श्रेष्ठ कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । चार वर्षे कार्यकालका लागि नियुक्त श्रेष्ठ यसअघि ललितपुरस्थित जनकपुर इन्जिनियरिङ कलेजको प्रिन्सिपलका रूपमा कार्यरत थिए ।

शपथपछि सिइओ श्रेष्ठले सरकारको ऊर्जा नीति अनुरूप कम्पनीको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘मन्त्रालयले दिएको जिम्मेवारी इमानदारिताका साथ पूरा गर्नेछु । कम्पनीलाई समुन्नत बनाउन मेरो सम्पूर्ण योग्यता र क्षमता प्रयोग गर्नेछु,’ श्रेष्ठले भने ।

मन्त्रालयका सचिव तथा कम्पनीका अध्यक्ष आचार्यले सार्वजनिक–निजी साझेदारीअन्तर्गत प्रसारण लाइन निर्माण अघि बढिसकेको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न निर्देशन दिए । ‘कम्पनीमा कार्यरत कर्मचारीलाई विश्वासमा लिएर अन्य कम्पनी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै मन्त्रालयसँग समन्वय गर्नुहोस्,’ उनले भने ।

कार्यक्रममा उपस्थित अधिकारीहरूले प्रसारण प्रणालीको सुदृढीकरण तथा अन्तरदेशीय प्रसारण लाइन विस्तारमा कम्पनीको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३