विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी लगानीमा निर्माण हुने करिब ५ सय मेगावाटका सौर्य विद्युत आयोजनाको अध्ययन भइरहेको छ । विभिन्न ३२ कम्पनीले विद्युत विकास विभागबाट अनुमतिपत्र लिएर यी सौर्य विद्युत आयोजनाको अध्ययन गरिरहेका हुन् ।

अहिले अनुमतिपत्र जारी भएका निजी लगानीमा निर्माण हुने १ मेगावाटदेखि १ सय २० मेगावाटसम्मका आयोजनाको अध्ययन भइरहेको विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा ठुलो १ सय २० मेगावाटको सौर्य विद्युत आयोजना चौधरी ग्रुपले अघि बढाएको छ ।

चौधरी ग्रुपले सिजी इनर्जी इन्फ्राइस्ट्रक्चर कम्पनीमार्फत प्रदेश–२ को महोत्तरीमा संरचना रहने गरी यो आयोजनाको अध्ययन गरिरहेको छ । सिजीले आयोजना निर्माण गर्न २०७५ पुस १५ गते विभागबाट अध्ययन अनुमतिपत्र लिएको थियो । 

यही कम्पनीले पर्सामा ८० मेगावाटका २ सौर्य विद्युत आयोजनाको पनि अध्ययन गरिरहेको छ । सिजीले पर्सामा ५० मेगावाट र ३० मेगावाटको आयोजना निर्माण गर्दैछ ।

यस्तै, पानस इनर्जी कम्पनीले सिराहामा १ सय मेगावाटको आयोजनाको अध्ययन गरिरहेको छ । कम्पनीले  लामाडाँडा लामपुर सौर्य विद्युत आयोजनाको अध्ययन गरिरहेको हो । कम्पनीले गत कात्तिक २० गते मात्रै विभागबाट यो आयोजनाको अध्ययन अनुमतिपत्र लिएको थियो ।

यसैगरी, सोलार एग्रीकल्चर फार्मरसले सुर्खेतमा २० मेगावाटको सौर्य विद्युत आयोजनाको अध्ययन गरिरहेको छ । २०७६ साउन १२ मा आयोजना निर्माण गर्न अनुमति दिएको थियो । १० मेगावाटका अन्य ७ आयोजनाले पनि अनुमितपत्र दिएर अध्ययन गरिरहेका छन् । 

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ कम्पनीले १ सय २७ मेगावाट सौर्य विद्युत आयोजनाको अध्ययन अनुमतिपत्रका लागि आवेदन दिएको विभागले जनाएको छ । १ सय मेगावाटको सौर्य विद्युत आयोजना अघि बढाउन मिथिला इनर्जी प्रालिले अनुमतिपत्रका लागि आवेदन दिएको छ । 

श्रेयान्सी ऊर्जा र सनलाइट इनर्जी प्रालिले १०/१० मेगावाटका आयोजनाका लागि आवेदन दिएका छन् । तराई सोलार प्रालीले पनि ७.७ मेगावाटको आयोजना अघि बढाउन अनुमतिपत्र मागेको छ । 

यसअघि अनुमतिपत्र जारी भएकामध्ये साढे ८ मेगावाटको बुटवल सौर्य विद्युत आयोजना सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिइसकेको छ । रिडी हाइड्रो पावर कम्पनीले यो सौर्य विद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हो । यो आयोजनाले गत असोजदेखि विद्युत उत्पादन गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit