विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मधेश प्रदेश अन्तर्गत पर्सा जिल्लामा ७.७ मेगावाटको सेढवा सौर्य विद्युत आयोजना निर्माण हुने भएको छ । तराई सोलार प्रालिले जिल्लाको जिरा भवानी गाउँपालिकामा उक्त क्षमताको सौर्य आयोजना निर्माण गर्ने भएको हो । 

प्रस्तावित आयोजनाको काम अघि बढाउन विद्युत विकास विभागमा आवेदन दिएकाे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट स्वीकृत प्राप्त भए लगतै आयोजनाको काम अघि बढाइनेछ । 

कम्पनीले आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्रमा सरोकारवालाई लिखित राय/सुझाव पेश गर्न पनि आग्रह गरेको छ । 

प्रस्तावित आयोजनाका लागि ५.३३ हेक्टर जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ । आयोजनाका सोलार फोटोभोल्टाइक प्यानलहरुबाट डिसी विद्युत निकाली उक्त विद्युतलाई २९५ किलोवाट क्षमताका २६ वटा स्ट्रिङ इन्भर्टर मार्फत ७.७ मेगावाटको विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक १६.५३ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युतलाई ३३ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको सेढवा सब–स्टेसनमा जोडिनेछ । कम्पनीले प्रस्तावित आयोजनाको काम २०८१ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit