विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशको विभिन्न जिल्लामा पहिचान भएका ५२५.५ मेगावाटका जलविद्युत आयोजनाको अध्ययन पुरा भएको छ । निजी तथा सरकारी निकायले पहिचान गरेको १० जलविद्युत आयोजनाको अध्ययन सकिएको हो । यी आयोजनाले उत्पादन अनुमतिका लागि विद्युत विकास विभाग आवेदन दिएका छन् ।

विभागका अनुसार कात्तिकमा ३२५.३१ मेगावाटका ५ र मंसिरमा २००.१९ मेगावाटका ५ गरी जम्मा १० जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएका छन् । सरकारी तथा निजी ऊर्जा उत्पादकले अध्ययन पुरा गरी उत्पादन अनुमतिका लागि आवेदन दिएका हुन् ।

आवेदन दिएकामध्ये सबैभन्दा ठुलो १ सय ५९ मेगावाटको मुग कर्णाली जलविद्युत आयोजना रहेको छ । यो आयोजनाको बुटवल पावर कम्पनी लिमिटेडले अध्ययन पुरा गरेर उत्पादन अनुमतिका लागि २०७९ मंसिर २ गते आवेदन दिएको छ ।

यस्तै, १ सय ५० मेगावाटको बेग्नास–रुपा स्टोरेज जलविद्युत आयोजनाले पनि २०७९ कात्तिक २० गते आवेदन दिएको छ । यो आयोजनाको नेपाल विद्युत प्राधिकरणले अध्ययन पुरा गरेको थियो ।

साथै, सुर्य इनर्जी प्रालिले अध्ययन पुरा गरेको ९१.१५० मेगावाटको बुढी गण्डकी नदीले २०७९ कात्तिक ६ गते र किरन पावर कम्पनी लिमिटेडले अध्ययन पुरा गरेको ९.८ मेगावाटको निमरुङ खोलाले २०७९ कात्तिक ६ गते आवेदन पेस गरेकाे विभागले जनाएकाे छ । 

लालुपाते हाइड्रो पावर कम्पनीले ४९.९५० मेगावाटको धन खोला, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले २४.४१० मेगावाटको सुपर इन्खु खोला जलविद्युत आयोजना निर्माण अघि बढाउन आवेदन दिएका छन् । यी कम्पनीले त्रमश कात्तिक २३ गते र २८ गते आवेदन दिएका हुन् ।

यस्तै, २४.२२० मेगावाटको माथिल्लो इन्खु खोला जलविद्युत आयोजना निर्माण गर्न युनिभर्सल पावर कम्पनी लिमिटेडले २०७९ मंसिर १ गते आवेदन दिएकाे छ । ७.२५० मेगावाटको श्याम खोला आयोजना श्याम खोला डेभलपमेन्ट कम्पनी लिमिटेडले र ४.६ मेगावाटको माछा खोलाको बुढीगण्डकी हाइड्रो पावरले निर्माण अनुमतिका लागि आवेदन दिएको विभागको तथ्याङमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit