विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । युनाइटेड मोदी हाइड्रो पावर कम्पनीले चालु आर्थिक वर्षको ९ महिना अवधिमा ५ करोड २७ लाख ६५ हजार रुपैयाँ मुनाफा कमाएको छ । कम्पनीले साउनदेखि चैत्र मसान्तसम्मको अवधिमा यति मुनाफा आर्जन गरेको हो ।

कम्पनीले आर्जन गरेको मुनाफा गत वर्षको यही समयअवधिको तुलनामा १ करोड २३ लाख ६३ हजार रुपैयाँ बढी हो । गत वर्ष ४ करोड ४ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद नाफा बढेपनि विद्युत उत्पादन आम्दानी भने घटेको छ । यो वर्ष वर्षा अति नै कम भएकोले सुख्खायाममा लामो खडेरी हुँदा गत वर्षको तुलनामा विद्युत उत्पादन घटेको कम्पनीले जनाएको छ । कम्पनीले १० मेगावाटको तल्लो मोदी–१ को विद्युत बिक्री गरी २२ करोड ६३ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष २३ करोड ५२ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यही अवधिमा कम्पनीले १४ लाख ३३ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले २०६९ मंसिरदेखि विद्युत उत्पादन गरीरहेको छ । कम्पनीले आव २०७३/७४ देखि आफ्नो सेयरधनी सदस्यलाई नियमीत नगद लाभांस दिदै आएको छ ।

माउन्टेन हाइड्रो नेपालले डेढ करोड बढी खुद नाफा कमायो

माउन्टेन हाइड्रो नेपालले आवको तेस्रो त्रैमाससम्मको अवधिमा १ करोड ६५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको विद्युत उत्पादन आम्दानी बढेसँगै नाफा पनि बढेको हो ।

 गत वर्ष यही समयअवधिमा करिब १० करोड १० लाख २९ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले खुद नाफा कमाएको हो । कम्पनीले २१.६ मेगावाटको तल्लो हेवाको विद्युत बिक्रीबाट ४१ करोड ७ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । गतवर्ष यही अवधिमा ३३ करोड ७२ हजार ३३ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले अन्य स्रातबाट पनि ४६ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कालिका पावरको विद्युत उत्पादन आम्दानी सँगै नाफा १ करोड ५८ लाख बढ्यो

कालिका पावर कम्पनीको विद्युत उत्पादन आम्दानी सँगै खुद नाफा पनि बढेको छ । आवको ९ महिना अवधिमा नाफा बढेको हो । कम्पनीले शुक्रबार सार्वजनिको गरेको वित्तिय विवरण अनुसार आवको तेस्रो त्रैमाससम्मको अवधिमा ६ करोड २१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यही समयअवधिको तुलनामा १ करोड ५८ लाख ५२ हजार रुपैयाँ बढी हो । गत वर्ष ४. करोड ६२ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, यही अवधिमा कम्पनीले विद्युत बिक्री गरी १४ करोड ५६ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष १३ करोड ९१ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit