विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङस्थित १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेकाे छ । दोर्दी खोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजना सकिन लागेकाे हाे ।  

आयोजनाकाे ८२ प्रतिशत निर्माण पूरा भइसकेकाे छ । बाँध क्षेत्रको सिभिल निर्माणको काम ९० प्रतिशत पूरा भएको आयोजना प्रबन्धक उज्वल सिलवालले बताए । उनका अनुसार अब बाँकी प्रोटेक्सन, फोरवे र विर्को काम माघ अन्तिमसम्म पूरा गर्ने लक्ष्य रहेको छ । 

‘गत जेठमा पूरा भएकाे २.५ किलोमिटर मुख्य सुरुङमा ढलान भइरहेकाे छ । जसमा २.१ किलोमिटर ढलान सकियाे,’ उनले ऊर्जाखबरसँग भने,‘३ सय ८५ मिटर पेनस्टक पाइप जडान पनि सकिएको छ ।’ उनले अझै ३ सय १५ मिटर पाइप जडान हुन बाँकी रहेकाे बताए ।

 सुरुङसँगै ७ सय मिटर पाइप लाइन रहने गरी आयोजनाकाे डिजाइन गरिएकाे छ । विद्युतगृहकाे काम पनि अन्तिम चरणमा पुगेको छ । विद्युतगृहमा इलेक्ट्राेमेकानिकल उपकरण जडान भइरहेकाे छ । आवश्यक सबै उपकरण आयोजनास्थलमा ढुवानी भइसकेकाे सिलवालले जानकारी दिए । 

आयोजनाको सिभिल संरचना निर्माणको काम पहिले नै पूरा गर्ने लक्ष्य भए पनि विश्वव्यापी रुपमा फैलिएको काेराेना  (कोभिड–१९) महामारीकाे असरले आयोजना धकेलिएकाे छ । विद्युत प्रवाह हुने १३२ केभी दाेर्दी काेरिडाेर प्रसारण लाइन निर्माणमा भएकाे ढिलाइले पनि आयोजना प्रभावित हुन पुग्याे । अब आयोजनाले चालू आर्थिक वर्षकाे बैशाखभित्र विद्युत उत्पादन सुरु गर्ने पछिल्लाे तालिका छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत दाेर्दी काेरिडाेरकाे किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।  सबस्टेसनसम्मको आवश्यक ३.५ किलोमिटर लामो प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गरिरहेको छ ।

प्रसारण लाइनकाे १५ वटा टावर खडा गरिएकाे सिलवालले बताए । प्रसारण लाइनकाे  कन्डक्टर तथा अन्य आवश्यक सामाग्री आयोजना स्थलमा ढुवानी भइरहेकाे छ । आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा सानिमाको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit