विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काभ्रेपलाञ्चोकमा निर्माणाधीन ६ मेगावाटको माथिल्लो चौरी खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । कर्णाली जलस्रोत लिमिटेडले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

सहायक कम्पनी हिमालयन वाटर रिसर्ज एण्ड इनर्जी डेभलपमेन्टको लगानीमा निर्माण भइरहेको आयोजनाको काम तिव्र गतिमा अघि बढेको कम्पनीका अध्यक्ष लोकबहादुर थापाले बताए । कम्पनीको ८औं साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तिव्र गतिमा अघि बढेको आयोजनाको काम २०८० साउनभित्र सम्पन्न गरिने बताए ।

आयोजनामा राष्ट्रिय बाणिज्य बैंकको अगुवाईमा कृषि विकास बैंकको पनि लगानी छ । आयोजनाको अहिले इलेक्ट्रो तथा इलेक्ट्रो मेकानिकल सप्लायर छनोट भई एलसी खोल्ने काम अन्तिम चरणमा पुगेको छ  ।

यस्तै, आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइनको अध्ययन प्रतिवेदन तयारी गरी निर्माण अनुमति लिने प्रक्रियामा रहेको राउतले बताए । 
आयोजना सम्पन्न गर्न १ अर्ब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा ३५ प्रतिशत स्वपूँजी र ६५ प्रतिशत ऋण लगानी छ । 

यही कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिकामा ४.७५ मेगावाटको स्यानो खोला जलविद्युत आयोजना अघि बढाएको राउतले जनाएको छ । यो आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) र विद्युत विकास विभागसँग उत्पादन अनुमति पत्र लिनका लागि अन्तिम चरणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit