विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशको पर्वत जिल्लामा करिब ५० मेगावाटका जलविद्युत आयोजना निर्माण भइरहेका छन् । जिल्लाको मोदी बेसिन र सेती खोलामा गरी ४ जलविद्युत आयोजना निर्माण भइरहका हुन् ।

मोदी खोलामा मात्रै ४६.६ मेगावाटका ३ जलविद्युत आयोजना निर्माणाधीन छन् । २० मेगावाटको तल्लो मोदी, १५.१ मेगावाटको मध्यमोदी र साढे १० मेगावाटको तल्लो मोदी–२ आयोजना निर्माणाधीन छन् ।

तल्लो मोदी आयोजना मोदी इनर्जी कम्पनीले निर्माण गरिरहेको छ । यो आयोजना निर्माणको अन्तिम चरणमा छ । यो आयोजना चालू आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ ।

यो आयोजना यसअघि नै सञ्चालनमा आइसक्नु पर्ने भए पनि कमजोर भौगोलिक अवस्थाका कारण सुरुङमा समस्या आउँदा लक्ष्यभन्दा ३ वर्ष ढिलो भइसकेको छ । आयोजना सञ्चालनमा आउँदा वार्षिक ११७.९९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । सुरुमा ३ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा सुरुङको समस्या तथा ढिलाईलगायत कारणले आयोजनाको लागत बढेको छ । 

यस्तै, यही नदी बेसिनमा चौधरी ग्रुपको लगानीमा मध्यमोदी आयोजना निर्माण भइरहेको छ । चौधरी ग्रुपले मध्यमोदी हाइड्रो पावर कम्पनीमार्फत यो आयोजना निर्माण गरिरहेको हो । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । 

२०७० असार ७ गते  विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएको आयोजना सम्पन्न गर्न करिब २ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान छ । आयोजनाबाट २०७५ मंसिरमा नै विद्युत उत्पादन गर्ने तालिका भएपनि भूकम्प नाकाबन्दीलगायतका कारणले उत्पादन अवधि थप भएको छ । यो आयोजना पनि चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी–२ निर्माण गरिरहेको छ । पहिले १० मेगावाटको तल्लो मोदी–१ आयोजनाको सफल निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीले यो आयोजना निर्माण गरिरहेको हो । 

यो तल्लो मोदी–१ को क्यासकेड आयोजना हो । कम्पनीले यो आयोजना अघि बढाउन २०७४ सालमा उत्पादन अनुमतिपत्र लिएको थियो । मोदी बेसिनका ३ वटै आयोजनाको विद्युत मोदी सबस्टेसनमा जोडिनेछ ।

यसैगरी, साढे ३ मेगावाटको सेती खोला पनि पर्वतमा निर्माणाधीन छ । यो आयोजना पाइयू खोला हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको हो । कम्पनीले आयोजना निर्माण गर्न २०७४ सालमा विकागबाट उत्पादन अनुमतिपत्र लिएको थियो । ४.७३ मेगावाटको भुरुन्दी खोला स्मल जलविद्युत आयोजना भने अध्ययनरत छ । यो आयोजना अमराबती हाइड्रोपावर कम्पनीले अध्ययन गरिरहेको हो ।

मोदी बेसिनमा यसअघि निर्माण सम्पन्न भएका २५ मेगावाटका ३ जलविद्युत आयोजना सञ्चालनमा छन् । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १४.८ मेगावाटको मोदी खोला, १० मेगावाटको तल्लो मोदी–१ र १ मेगावाटको पातीखोेलाले विद्युत उत्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit