विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल सरकारको लगानी र अमेरिकाको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत विद्युत् प्रसारणमध्येको १८ किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण २१ महिनामा पूरा गर्ने गरी सम्झौता भएको छ ।

शुक्रबार भएको ठेक्का सम्झौतामा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले हस्ताक्षर गरे । नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म निर्माण गरिने यो प्रसारण लाइनको लागत १ करोड २३ लाख ६० हजार अमेरिकी डलर अनुमान गरिएको छ ।

सम्झौता कार्यक्रममा अर्थ सचिव एवम् एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले यो प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सोही क्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउने सन्दर्भमा यो महत्वपूर्ण सेतु हुने बताए । ‘यो उपलब्धि संलग्न भएका सबैको रणनीतिक दूरदृष्टि र प्रतिबद्धताको प्रमाण हो,’ उनले भने ।

यसैगरी, एमसीसीका आवासीय निर्देशक डायन एल फ्रान्सिस्कोले यो प्रसारण लाइनले नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्न कोशेढुङ्गाको रूपमा काम गर्ने बताए । ‘यो उपलब्धि एमसीसी नेपाल कम्प्याक्टले गएको वर्ष हासिल गरेका कैयौँ सफलतामध्ये एउटा हो,’ उनले भने, ‘यसले बृहत् २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्नेछ ।’

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो निर्माण सम्झौता प्रगतिको स्पष्ट सूचक रहेको बताए । ‘यो प्रसारण लाइनले राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य हासिल गर्नमा सरकारको प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ,’ उनले भने, ‘सबै सरोकारवालाबीचको सहकार्यमा समयमै काम पूरा गर्ने कुराको प्रतिबद्धताको पनि पुष्टि गर्दछ ।’

बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्म बोलपत्र आह्वान गर्न एमसिए–नेपालले तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३