विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २१, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेडले बझाङको तलकोटमा २१० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । तलकोटस्थित मष्टा र साइपाल गाँउपालिका रहेको सेती नदीको पानीलाई प्रयोग गर्ने गरी उक्त आंशिक जलाशय आयोजना निर्माण हुने भएको हो । 

कम्पनीले आयोजनाको अध्ययन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ । आयोजना निर्माण क्रममा कुनै असर पर्ने देखिए सूचना प्रकाशित भएको ३५ दिनभित्र विभाग तथा सम्बन्धित कार्यालयमा लिखित राय–सुझाव पेश गर्न विभागले सोमबार र मंगलबार सूचना जारी गरेको हो ।  

आयोजनाका लागि आवश्यक पानी फर्काउन सेती नदीमा ३७ मिटर अग्लो तथा ५२.५ मिटर लामो बाँध निर्माण गरिने छ । ९८ लाख घनमिटर पानी सञ्चय गर्न सक्ने आयोजनाको जलाशयबाट दैनिक अधिकतम ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने गरी पानी भण्डारण गर्न सकिने गरी डिजाइन गरिएको छ । 

आयोजनाबाट वार्षिक सरदर ११५८.०२ गिगावाट घण्टा (१ अर्ब १५ करोड ८० लाख २० हजार) ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादित विद्युत् ०.५ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट प्रस्तावित बझाङ हब मार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । 

आयोजनाबाट २०८७ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३