काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् सेवा लिएका सबैजसो उद्योगले प्रिमियम दरको बक्यौता महसुल बुझाउन थालेका छन् । कुल बक्यौता महसुललाई २८ किस्तामा विभाजन गरी बुझाउन पाउने सुविधा अनुसार सबै उद्याेगले बक्यौता बुझाउन थालेका हुन् । बक्यौताको पहिलो किस्ता बुझाएपछि लाइन ती उद्योगमा कात्तिक ४ र ८ गते काटिएका २२ उद्याेगमा समेत विद्युत् आपूर्ति सुचारु गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले ऊर्जा खबरसँग बताए ।
‘लाइन काटिएका २५ मध्ये एभरेस्ट पेपर मिल र बुटवल सिमेन्ट पहिलेदेखि नै बन्द रहेको र नियमित महसुल समेत नतिरेकोले आपूर्ति बन्द गरिएको थियो,’ उनले भने, ‘निगाले सिमेन्टको भने उद्योगको ट्रान्सफर्मर बिग्रिएका कारण विद्युत् आपूर्ति पहिल्यैदेखि बन्द थियो भने अहिले उद्योग उद्योग नै बन्द रहेको छ ।’
उनका अनुसार प्राधिकरणले असोज १२ गते नै २१ दिनको समय दिएर बक्यौता प्रिमियम महसुल नतिरे लाइन काट्ने सूचना दिएको थियो । उक्त सूचनापछि विद्युत् लाइन नकाटिँदै हुलास स्टील, अशोक स्टील, हामा आइरन एन्ड स्टील, सर्वोत्तम सिमेन्टलगायत १३ उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएर विद्युत् सेवा सुचारु नै राखेका थिए । उक्त सूचनाअनुसार बक्यौता बुझाउन नआएका उद्योगको भने लइन काटिएपछि बक्यौता तिर्न सुरु गरेका हुन् । सरकारको स्वामित्वमा रहेका हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टले भने यसअघि नै बक्यौता तिर्ने प्रतिबद्धता जनाएका कारण लाइन सुचारु नै राखिएको थियो ।
उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म लोडसेडिङका बेला प्रिमियम सुविधामा उपभोग गरेको विद्युत्को बक्यौता प्रिमियम महसुल बुझाउन थालेका हुन् । उद्योगहरूले बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि अब प्राधिकरणको छुट बिलप्रति चित्त नबुझेका उद्योगले न्यायिक निरूपणका लागि प्रशासनिक पुनरावलोकन तथा अदालतमा जाने बाटोसमेत खुलेको छ ।
लाइन काटिएपछि बक्याैता बुझाउन थालेका उद्याेगको सूची
| क्र.सं. | उद्याेगकाे नाम | पहिलो किस्ता (रु) | कुल बक्यौता (रु) |
|
१. |
घराना फुड्स | ६,७०,३३५ | १,८७,६९,३५३ |
|
२. |
सिद्धार्थ पेटप्लास्ट | ६,५३,०८३ | १,८२,८६,३३३ |
| ३. | गोयन्का फुड्स् रुपन्देही | ५,२७,४०५ | १,४७,६७,३१९ |
| ४. | श्याम प्लास्टिक उद्योग | १,७५,३४५ | ४९,०९,६७७ |
| ५. | पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज | ८७,९९५ |
२४,६३,८७६ |
| ६. | पञ्चकन्या स्टील इन्डस्ट्रिज | १,८६,४०५ | ५२,१९,३६२ |
| ७. | एसआर फुड्स | ५,३०,५३२ | १,४८,५४,८९२ |
| ८. | भलवारी स्वचालित कारखाना | १,०६,९१५ |
२९,४५,६९३ |
| ९. | एसआर स्टील इन्डस्ट्रिज | ५८,०२१ | १६,२४,५९७ |
| १०. | एभरेष्ट रोलिङ मिल्स | ६२,७७९ | १७,५७,८०९ |
| ११. | रिलायन्स स्पिनिङ मिल्स | २,७५,००,००० |
७५,३६,८४,३३५ |
| १२. | त्रिवेणी सिन्थेटिक यार्न | १५,७०,८२८ | ४,३९,८३,१७९ |
| १३. | हिमाल आइरन एन्ड स्टील | २४,५०,००० |
१३,६५,०१,९०२ |
| १४. | शिवम् सिमेन्ट | २,३८,८८,८२४ |
६६,८८,८७,०८१ |
| १५. | सोनापुर मिनरल एन्ड आयल | ८६,७८,५४६ | २४,२९,९९,२७३ |
| १६. | कसमस सिमेन्ट फ्याक्ट्री | ३४,९०,२०० |
९,७७,२५,५१५ |
| १७. | घोराही सिमेन्ट उद्योग | १,८१,६१,९७६ |
५०,८५,३५,३४१ |
| १८. | अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज | १,६०,१५,४५० | ४४,८४,३२,५७३ |
| १९. | त्रिवेणी स्पिनिङ मिल्स | १,१४,६३,८१४ | ३२,०९,८६,७९३ |
| २०. | विशाल शिमेन्ट इन्डस्ट्रिज | ११,९७,३५५ | ३,३५,२५,९१५ |
| २१. | जगदम्बा सिन्थेटिक | ७३,२२,९९९ | |
| २२. | जगदम्बा स्टिल प्रालि | ५,७२,०८,६८३ | १,६०,१८,४३,१२५ |
| जम्मा | १८,२०,०७,४९४ |