विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समय निजी ऊर्जा उत्पादकहरूको आकर्षण सौर्य विद्युत उत्पादनतर्फ बढ्दै गएको छ । सरकारको मिश्रित ऊर्जाको अवधारणाका कारण सौर्य विद्युत आयोजनाको विकासमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको हो ।

धमाधम जारी भइरहेका सौर्य विद्युत आयोजनाको अनुमतिपत्रको तथ्यांकले पनि लगानीकर्ताको आकर्षण बढ्दै गएको पुष्टी गर्दछ । विद्युत खरिद दर निर्धारण भएपछि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी धेरै सौर्य विद्युत आयोजना निर्माणमा गएका छन् ।

व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले अघि बढाइएका केही सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा समेत आइसकेका छन् ।जलविद्युतकोभन्दा कम लागत तथा छोटो समयमा निर्माण सम्पन्न गर्न सकिने हुँदा लगानीकर्ताको आकर्षण सौर्य ऊर्जामा बढिरहेको हो । 

जलविद्युत आयोजना निर्माण गर्न प्रतिमेगावाट १६ देखि २० करोड रुपैयाँमा लाग्ने भए पनि सौर्य विद्युत आयोजना प्रतिमेगावाट ८ देखि १३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेका छन् । विद्युत विकास विभागको पछिल्लो तथ्यांकअनुसार अनुमितपत्र जारी भएका ७० सौर्य विद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

यी सौर्य विद्युत आयोजनाको जडित क्षमता ८७६ मेगावाट छ । जसमा ९२.९७ मेगावाट १६ सौर्य विद्युत आयोजनाले विभागबाट उत्पादन अनुमति पाएका छन् । 

यस्तै, ४४१ मेगावाटका २२ सौर्य विद्युत आयोजनाको अध्ययन अनुमतिपत्र जारी भएको छ । यी सौर्य विद्युत आयोजना अहिले अध्ययनको चरणमा छन् । अध्ययन पूरा भएका ५० मेगावाटका ७ आयोजनाले उत्पादन अनुमति लिन विभागमा आवेदन दिएका छन् ।

२ सय ९१ मेगावाटका २५ आयोजनाले अध्ययन अनुमतिपत्र लिन आवेदन बुझाएको विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्ष (२०७७/७८) मा मात्रै २ सय ७७ मेगावाटका सौर्य विद्युत आयोजना निर्माण गर्न निजी कम्पनीले अध्ययन अनुमति लिएर काम सुरु गरेका छन् । यही अवधिमा ५२ मेगावाटका ९ सौर्य विद्युत आयोजनाले विभागबाट उत्पादन अनुमति लिएका छन् ।

अहिलेसम्म उत्पादन अनुमतिपत्र जारी भएकामध्ये नेपाल विद्युत प्राधिकरणसँग ३ वटा सौर्य विद्युत आयोजना छन् । यी सौर्य विद्युत आयोजना अहिले निर्माणाधीन छन् । बाँकी अनुमतिपत्र निजी ऊर्जा उत्पादकहरूले लिएर काम गरिरहेका हुन् ।

कास्की, सुनसरी, मोरङ र रौतहटमा क्रमशः ४.४ मेगावाट, ८ मेगावाट ६.८ मेगावाट र ४ मेगावाटका गरी १/१ वटा सौर्य विद्युत आयोजना निर्माण हुन लागेका छन् । नवलपरासीमा ७ मेगावाट, धनुषामा ४ मेगावाट, कपिलवस्तुमा १९ मेगावाट र बाँकेमा २० मेगावाट गरी २/२ वटा सौर्य विद्युत आयोजना निर्माण गर्न निजी ऊर्जा उत्पादकले अनुमतिपत्र लिएका छन् ।

यस्तै, अध्ययन पूरा गरेर उत्पादन अनुमतिपत्र लिन विभागमा आवेदन दिनेमा कपिलवस्तु र झापामा २० मेगावाट र १५ मेगावाटका २/२ वटा सौर्य विद्युत आयोजना छन् । धनुषामा १० मेगावाट एउटा, सिराहामा ४ मेगावाटको एउटा सौर्य आयोजनाको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि आवेदन परेको छ । 

२२ सौर्य विद्युत आयोजनाका प्रवर्द्धकले अध्ययन अनुमतिपत्र लिई अध्ययन सुरु गरेका छन् । जसमध्ये महोत्तरीमा २२० मेगावाटका २ सौर्य विद्युत आयोजनाको अध्ययन भइरहेको छ । 

१२० मेगावाटका आयोजनाको अनुमतिपत्र चौधरी ग्रुपले लिएको छ । सीजी इनर्जी इन्फ्रास्ट्रकचर कम्पनीमार्फत जिल्लाको पशुपति नगर, हात्तिसर्वा र मेघनाथ गोरन्नामा निर्माण हुने गरी अध्ययन गरिएको छ । १ सय मेगावाटको अर्को सौर्य विद्युत आयोजनाको अनुमतिपत्र लिई मिथिला इनर्जीले लोहारपट्टिमा अध्ययन गरिरहेको छ । 

यस्तै, १ सय मेगावाटकै लामाडाँडा लामपुर सौर्य विद्युत आयोजना पनास इनर्जीले सिराहामा अध्ययन गरीरहेको छ । झापामा ५ मेगावाटको उएटा, सुर्खेतमा १.२ मेगावाटको एउटा, दाङमा २० मेगावाटका २ वटा, नुवाकोटमा १९.५९ मेगावाटका ४वटा, बर्दीयामा १० मेगावाटका २ वटा, लमजुङमा ३ मेगावाटको एउटा, बारामा २० मेगावाटका ३ वटा, धनुषामा ५ मेगावाटको एउटा, सौर्य विद्युत योजनाको अध्ययन भइरहेको छ । 

यस्तै, पर्सामा ७.७ मेगावाटको एउटा, नवलपरासीमा १० मेगावाटको एउटा, मोरङमा १० मेगावाटको एउटा, र उदयपुरमा पनि १० मेगावाटको एउटा सौर्य विद्युत आयोजनाको अध्ययन भइरहेको विभागले जनाएको छ । अध्ययन अनुमतिपत्रका लागि २५ आयोजनाको आवेदन परेको विभागले जानकारी दिएको छ ।

मिथिला इनर्जीले महोत्तरीमा ८० मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गर्न अध्ययन अनुमतिपत्रका लागि आवेदन दिएको छ । यही जिल्लामा पवन इनर्जीले १०/१० मेगावाटका २ वटा , कमला पावर र शीतल पावरले १०/१० मेगावाटका २ वटा गरी ४ सौर्य विद्युत आयोजनाको अध्ययन गर्न अनुमति माग गरेका छन् । 

यस्तै, प्रो–सोलार इनर्जीले सर्लाही र सिरहाका विभिन्न स्थानमा  ८० मेगावाटका ८ वटा सौर्य विद्युत आयोजना निर्माण गर्ने भएका छन् । यी आयोजनाको अध्ययन अनुमतिपत्रका लागि विभागमा आवेदन परेको छ ।

एडभिक इनर्जीले पश्चिम तराईको कैलालीमा १०/१० मेगावाटका २ वटा सौर्य विद्युत आयोजना निर्माण गर्दैछ । भारती लक्ष्मी कम्पनीले बर्दियामा, शुभ ग्रुपले सिन्धुपाल्चोकमा, इको घाम पावरले सर्लाहीमा, इको सन पावरले सिरहामा र प्राइम पावरले सप्तरीमा १०/१० मेगावाटका गरी कुल ५० मेगावाटका सौर्य विद्युत आयोजनाको अध्ययन अनुमति मागेका छन् ।

इको सोलार र बुटवल पावर कम्पनीले पनि ७/७ मेगावाटको, गोर्खा इनर्जीले ३ मेगावाट, सरेल पावरले ४ मेगावाट र पशुपति इनर्जी एक मेगावाटको सौर्य आयोजना अध्ययन गर्न अनुमति मागेका छन् ।

हालसम्म सोलार आयोजनाबाट २०.१४ मेगावाट विद्युत् उत्पादन भइसकेको छ । प्राधिकरणले सोलारबाट उत्पादित बिजुली प्रतियुनिट ७.३० रुपैयाँका दरले २५ वर्षसम्म खरिद गरिदिने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit