विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँमा निर्माणाधीन ५ मेगावाटको बेलचौतारा सौर्य विद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकोे शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन सोलार आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

शुक्लागण्डकी नगरपालिकास्थित भानुभक्त क्याम्पसको १०० रोपनी जग्गामा निर्माणाधीन सोलारको ६० प्रतिशत सोलार पाता हालिसकेको प्रवद्र्धक सोलार फार्म प्रालिका प्रबन्धक दिल बहादुर आलेले बताए । उनका अनुसार बाँकी काम सम्पन्न गरेर भदौ अन्तिम सातादेखि उत्पादन सुरु गर्ने लक्ष्य छ । 

आयोजनामा १३ हजार ४ सय ९४ वटा सौर्य प्यानल जडान हुनेछन् । विसं २०७६ साउनमै निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजना कोरोना कहरका कारण ढिलाइ भएको हो । साथै, केही दिनदेखि परेको वर्षाका कारण पनि काम प्रभावित भएको थियो । तर, अहिले दैनिक ४० बढी कामदारले तिव्र गतिमा काम गरिरहेको आयोजनाले जनाएको छ ।

‘लक्ष्यभन्दा २ वर्ष ढिलो गरी आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो’ उनले भने, भदौ दोस्रो साताभित्र उत्पादन सुरु गर्ने योजना भएपनि विविध कारणले उत्पादन तालिका अन्तिम साता पुगेको छ ।’

आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ ले लगानी गरेको छ । आयोजना सम्पन्न गर्न ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणसँग २०७५ साउनमा विद्युत खरिद सम्झौता (पिपिए) हुँदा आयोजनाबाट २०७६ साउनदेखि विद्युत उत्पादन  सुरु गर्ने तालिका थियो । कोरोना (कोभिड–१९) महामारी र ठेकेदार कम्पनीको असक्षमताका कारण लक्ष्यअनुसार काम गर्न नसकेको आलेले बताए ।

‘ठेकेदार असक्षम परेकाले धेरै दुखः पायौं । यसैबीचमा आएको कोरोना महामारीले पनि आयोजनाको निर्माण प्रभावित हुँदा उत्पादन तालिका धकेलिन पुगेको हो’ उनले भने । आयोजनाको विद्युत जोडिने ठाउँ पनि परिवर्तन गरिएको छ ।

सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत दमौली सबस्टेसनमा जोडिने भनिएको थियो । अहिले ५ सय मिटर दुरीको बेलचौतारा सबस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको आलेले जानकारी दिए । सबस्टेसनसम्मको प्रसारण लाइनको काम पनि भइरहेको छ ।

आयोजना सम्पन्न हुँदा दैनिक ३० हजार युनिट विद्युत उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट ७.३० रुपैयाँमा खरिद गर्नेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत विकास सम्बन्धि कार्यविधि २०७४’ अनुसार प्राधिरकरणसँग पिपिए गर्ने यो पहिलो सौर्य विद्युत आयोजना हो । यो भन्दापछि पिपिए भएका ३ सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit