विद्युत अपडेट

  • प्राधिकरण : ६२७० मे.वा.घन्टा
  • सहायक कम्पनी : ३३२८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ८६५६ मे.वा.घन्टा
  • आयात : १०३३८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १०४५ मे.वा.घन्टा
  • ऊर्जा माग : २९६३७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६३४ मे.वा.
२०७९ माघ २१, शनिवार
×
जलविद्युत जलविद्युत सोलार ई-पेपर वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय

काठमाडाैं । सन् १८८२ मा न्यूयोर्क र सन् १८८८ मा लण्डनमा बिजुली बल्याे । यसपछि, सन् १८९९ मा भारतकाे कलकत्तामा बिजुली बल्यो । यसको ८ वर्षपछि नै तत्कालीन श्री ३ चन्द्रशम्शेर जंगबहादुर राणाले नेपालमा ५ सय किलाेवाटकाे फर्पिङ जलविद्युत् योजनाको काम शुरुवात गरे । सन् १९११ मे देखि नेपालमा पनि बिजुली बाल्न सुरु भयो । यसरी विश्वमा पहिलो पटक बिजुली बलेको २९ वर्षपछि नेपालमा पनि आफ्नै उत्पादित बिजुलीले उज्यालो दिन थाल्यो ।

यसको सय वर्षमा विश्वमा बिद्युत् उत्पादन र खपत लाखौं गुनाले बढ्यो । तर, नेपाल तुलनात्मक रूपले कमजोर बन्यो । दिग्भ्रमित नेता, स्वार्थमा डुबेका उनका चम्चे कार्यकर्ता र कमजोर मनस्थिति तथा ढुकुटी दोहनको स्वप्न बोकेका भ्रष्ट कर्मचारीले गर्दा केही वर्ष अगाडिसम्म हामी दैनिक १७ घण्टासम्म अन्धकारमा बस्न बाध्य भयौं ।

चन्द्र ज्योतीको इतिहास

वि.सं. १९६८ जेठ ९ गते पृथ्वीवीरविक्रम शाहद्वारा टुडिखेलमा बत्ती बाली चन्द्र ज्योतीको उद्घाटन गरिएकाे थियाे । फर्पिङमा १९६४ मा निर्माण कार्य थालिएको यस चन्द्र ज्योतीको लागि सो समयमा ७१३२७३ रुपैयाँ खर्च भएको थियो । पहिलो इन्जिनियर दाजु-भाइ किशोर नरसिंह राणा र कुमार नरसिंह राणाको डिजाइन र बेलायतबाट आएका इलेक्ट्रिक इन्जिनियर Barnau Puwante र सामान सप्लाई गर्ने कम्पनीको तर्फबाट इन्जिनियर Linzale को मेहनतले नेपालमा बिजुली बल्न थाल्यो । त्यस बेलासम्म एसियाका कतिपय देशमा बिजुली बलेकै थिएन ।

आयाेजनाकाे विवरण

आयाेजनाकाे क्षमता : ५०० किलाेवाट

निर्माण सुरु : सन् १९०७

निर्माण सम्पन्न : सन् १९११

निर्माण अवधि : ९५०,००० दिन

उद्घाटन : श्री ५ पृथ्वीवीर विक्रम शाह देव

लागत : ७१३,२७३.८२ रुपैयाँ

निर्माणमा संलग्न व्यक्तिहरू

१. जनरल पद्मशम्शेर जबरा (आयाेजना सुपरिवेक्षण तथा अनुगमन)

२. जनरल माेहनशम्शेर जबरा र जनरल केशवशम्शेर जबरा (उपकरण ढुवानीकाे जिम्मेवारी)

३. कर्नेल तिलविक्रम र सुबेदार हर्षबहादर (विद्युत्गृह निर्माण तथा उपकरण जडानकाे जिम्मेवारी)

४. लेप्टिनेन देवीबहादुर र सुबेदार हर्षबहादर (प्रसारण लाइन निर्माणकाे जिम्मेवारी)

५. कार्यकारी इन्जिनियर कर्नेल किशाेर नरसिंह राणा (विद्युत्गृहकाे याेजना तयारी)

६. सुपरिटेन्डिङ इन्जिनियर कर्नेल कुमार नरसिंह राणा (आयाेजना निर्माण सहायक)

७. इलेक्ट्रिकल इन्जिनियर बरनाउ पुवान्टे आयाेजना निर्माणकाे जिम्मेवारी)

८. इन्जिनियर लिन्जले जनरल इलेक्ट्रिक कम्पनीकाे तर्फबाट (उपकरण इरेक्सन तथा जडान, इन्सटलेसन)

साभार : १९६८ जेठ १६ गतेकाे गाेरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit