विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जाडो बढेसँगै विद्युत माग बढेकोले वितरण प्रणालीमा समस्या आएको बताए । उपत्यकामा अपेक्षा गरेको भन्दा बढी माग आई ट्रान्सफर्मर, वितरण लाइनमा समस्या आएकोले सेवा अनियमीत भएको हाे ।

शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा विद्युतको खपत बढेकोले लोभरलोडेड ट्रान्सफर्मर, तार परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र शुक्रबार (आज) बाट यो समस्या समाधान हुने घिसिङले बताए । उनका अनुसार उपत्यकामा मात्र गत वर्षको तुलनामा करिब ८० देखि एक सय मेगावाट बिजुली बढी माग भएको छ ।

‘अचानक माग बढेपछि फिडर लाइन र ट्रान्सफर्मरहरू ओभरलोडेड भएका छन्,’ घिसिङले भने,‘ ओभरलोडेड भएर करिब ६० वटा ट्रान्सर्फमरमा समस्या आई सेवा अनियमीत भएको हो ।’ विषेश गरी ललितपुरको इमाडोल, काठमाडौंको बानेश्वर क्षेत्रका ट्रान्सफर्मरमा समस्या आएको छ ।

काठमाडौंमा कहिले ५ सय मेगावाटसम्म बिजुलीको माग भइरहेको भन्दै ६ सय मेगावाटसम्म माग आएपनि धान्न सकिने दावी गरे । ‘हामीले सबस्टेसनको स्तरोन्नति गरेर झण्डै आधाजसो क्षमता बढाएका छौं, त्यसैले स्थानीय क्षेत्रमा ट्रान्सफर्रमरको क्षमता बढाएपछि समस्या रहँदैन,’घिसिङलेले भने ।

उपत्यकामा मात्र करिब ३ हजार ८ सय ट्रान्सफर्मर छन् । धेरैजसो २ सय केभीका ट्रान्सफर्मर छन्, त्यसमा ओभरलोडेड भएपछि ३ सय केभीको ट्रान्सफर्मर राखिन्छ ।

माग धान्न नसकेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै घिसिङले जति माग आए पनि आपूर्तिमा कुनै समस्या नरहेको बताए । काठमाडौं उपत्यकामा ९ वटा सबस्टसन थप्न लागिएको छ । सबस्टेसन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत आपुर्ति गर्न सकिने बताए ।

अहिले बेलुकाको पिक लोड करिव १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट रहेको घिसिङले बताए । अपर तामाकोसी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको भन्दै लोडअनुसार हामीले ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेका छौ। आजसम्म उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकाले विद्युत जाने समस्या नहुने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit