विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तमोर सानिमा इनर्जी प्रालिले २५५.२८१ मेगावाटको माथिल्लो तमोर अर्धजलाशय जलविद्युत आयोजनाको निर्माण गर्न विद्युत खरिद सम्झौता (पीपीए) दर निर्धारण  प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले आयोजनाबाट उत्पादन हुने बिजुली बेच्न विद्युत नियमन आयोगमा दर निर्धारण र विद्युत खरिद सम्झौता (पीपीए) का लागि निवेदन दिएको हाे । आयोगले पीपीए दर निर्धारण र सम्झौताको स्वीकृतिका लागि भदौ ३० गते सार्वजनिक सुनुवाइको आयोजना गरेको छ ।

नेपाल विद्युत प्राधिकरणबाट प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत खरिद, बिक्री दर वर्षायाममा ४.८० रुपैयाँ प्रतियुनिट, सुक्खायाममा (पिकिङ अवधिका लागि) १०.५५ रुपैयाँ र नन–पिकिङ अवधिका लागि ८.४० रुपैयाँ छ । आयोजनाको पिकिङ अवधि ६ घण्टा छ ।

आयोजना पू्रा गर्न ४५ अर्ब ९५ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक १ अर्ब ४७ करोड ९८ लाख युनिट बिद्युत ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । जसअनुसार १ अर्ब ३ करोड ३६ लाख र सुक्खायाममा ४४ करोड ६२ लाख १६ हजार युनिट बिजुली उत्पादन हुने छ । अर्धजलाशय आयोजनाले सुक्खायाममा ६ घण्टासम्म पूर्ण क्षमतामा बिजुली उत्पादन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३